रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी « Khabarhub

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् ।

नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए । 

कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

मन्त्री भण्डारीले लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताए । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका रानाथारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उनले सो कार्यको प्रशंसा गरे ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम रानालगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका लागि गर्नुपर्ने विषयमा चर्चा गरेका थिए । होली मिलन कार्यक्रममा सहभागी हुन कैलाली र कञ्चनपुरबाट कलाकारसहितको छुट्टाछुट्टै टोली यहाँ आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ४६ बजे

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ