रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी « Khabarhub

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् ।

नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए । 

कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

मन्त्री भण्डारीले लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताए । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका रानाथारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उनले सो कार्यको प्रशंसा गरे ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम रानालगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका लागि गर्नुपर्ने विषयमा चर्चा गरेका थिए । होली मिलन कार्यक्रममा सहभागी हुन कैलाली र कञ्चनपुरबाट कलाकारसहितको छुट्टाछुट्टै टोली यहाँ आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ४६ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित