पेरुका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो « Khabarhub

पेरुका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

लिमा– भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् ।

एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० जना अधिकारी परिचालित गरिएको छ । 

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको छ । बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको सुरूमा अनुसन्धान सुरु गरेका थिए तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन ।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनमा प्रसारण गरिएको थियो ।

डिसेम्बर २०२२ मा पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोले कङ्ग्रेसलाई भङ्ग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ५२ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति