शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै « Khabarhub

शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नं ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले जानकारी दिए ।

प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वशान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उपाध्यक्ष गुरुङले बताए। 

‘यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचार हुने अपेक्षा छ’, उपाध्यक्ष गुरुङले भने,  ‘त्यतिमात्र नभई पर्यटकीय सम्भावना बोकेको डोल्पाका पर्यटकीयस्थलको  चिनारी स्थापित गर्नेछ ।’

रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन बुझ्न सकिने आयोजकको भनाइ छ ।

यस ऐतिहासिक मेला हेर्न शे–फोक्सुण्डो गाउँपालिका आउनका लागि उहाँले सबैलाई आग्रह गरे। मेलामा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै बौद्ध गुरु क्याब्जे मेन्री पोन्लोप रिन्पोछे र धर्मगुरु क्याब्जे ग्याङ्खाङ खेन्टुल रिन्पोछेले धार्मिक प्रवचन दिने कार्यक्रम  छ ।

त्यसैगरी ३७ औँ ड्रिकुङ्ग क्याबगोन चेतसाङ्ग रिन्पोछेबाट फोवा उपदेश दिने शेल्री  डुग्ड्राको परिक्रमा गरिने पनि आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : २१ बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क