अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध « Khabarhub

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार)मा समस्या देखिपछि यातायात सेवा अवरुद्ध भएको हो । फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ ।

चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि सङ्खुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँले जानकारी दिए। उनी अनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ । 

फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।

अरुण नदीको सतिघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो । 

सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : १५ बजे

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले

नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त (तस्बिरहरू)

काठमाडौं– नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त नेपाल आएका छन् । 

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ ।