निजगढ विष्फोटन : घटनामा दोषी देखिएका ५ जना धरौटीमा रिहा « Khabarhub

निजगढ विष्फोटन : घटनामा दोषी देखिएका ५ जना धरौटीमा रिहा


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

बारा– जिल्ला अदालत बाराले निजगढ विस्फोटनको घटनामा दोषी देखिएका सबै जना धरौटीमा रिहा भएका छन्। 

अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र सहचालक सोही ठाउ बस्ने टिकाराम पाख्रिन शुक्रबार जनही १ लाख रुपैया धरौटीमा रिहा भएका छन्। 

यसअघि गत बुधवार अदालतले सोही अभियोगमा पक्राउ परेका धनुषा धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कडाड पसलमा कवाडको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका ९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश प्रसाद जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका ९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका– २ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका– १ निवासी वर्षीय ४१ शिवशंकर साह, कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुर्दा दर्ता गरी ११ चैतमा बारा जिल्ला अदालतमा पेश गरिएको उनले बताए।

ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन्। कवाडी पसले रमेशले लगेको सो बस्तु काटने क्रममा गत फागुन १४ गते भएको विष्फोटमा परेर निजगढ ७ स्थित रोहित वर्कशप संचालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो । त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए ।

प्रहरीले करिब २३ दिनको अनुसन्धान पछि घटका आरोपिहरुलाई जिल्ला अदालत बारामा पेश गरेको छ। उनीहरुलाई प्रहरीले ९ चैतमा जिल्ला सरकारी वकील कार्यालय बारामा बुझाएको थियो। 

यता विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए। सैनिकले प्रयोग गेर्न भनिएको उक्त विष्पोटक पदार्थ कहाँबाट बाहिरिएको हो भन्ने बारेमा भने प्रहरी अनुसन्धानबाट पनि खुल्न सकेको छैन । उक्त विष्फोटक पदार्थ कहाँबाट कसरी बाहिरिएको हो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार मालीको कवाडी पसलमा सामान संकलनको काम गर्ने महतोले गाउँकी एकजना बालकले बेवारिसे अवस्थामा फेला पारेर उनलाई बेचेको बताइएको छ।

घटनामा मृतक परिवारका आफन्तले भने अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गर्दै आएका छन्। 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ४४ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट