डि मारियालाई धम्की दिने तीन जना पक्राउ « Khabarhub

डि मारियालाई धम्की दिने तीन जना पक्राउ


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाका फुटबलर एन्जेल डि मारिया र उनको परिवारलाई धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

डि मारिया र उनका परिवारलाइ धम्की दिएको आरोपमा अर्जेन्टिनामा तीन जनालाई पक्राउ गरिएको सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले जानकारी दिएका छन ।

पक्राउ पर्दा लागुऔषध ओसारपसारको अनुसन्धानमा रहेका एकजना संदिग्धले आफू र दुई जना सहयोगीले डि मारियाको परिवारलाई धम्की दिएको स्वीकार गरेका छन्।

गत सोमबार उत्तरपूर्वी अर्जेन्टिनाको रोजारियोमा रहेको डि मारियाको परिवारको घरमा कार चलाउने क्रममा गोली हानेको थियो भने विश्वकप विजेतालाई आफ्नो गृहनगर टोलीमा फर्कन नदिन चेतावनी दिएको लिखित सन्देश पनि छाडिएको थियो।

हाल पोर्चुगिज क्लब बेन्फिकासँग जुनसम्मको सम्झौतामा रहेको डि मारियाले रोसारियो सेन्ट्रलमा आफ्नो व्यावसायिक करियर समाप्त गर्न चाहेको बताएलगत्तै यो आक्रमण भएको हो।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ३८ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा