इजरायल–हमास युद्धविरामको संकेत « Khabarhub

इजरायल–हमास युद्धविरामको संकेत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ ।

हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।

यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । एन्टोनी ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । त्यहाँ उनले हमास र प्यालेस्टाइनको विषयमा कुरा गरेका छन् ।

एएफपीले एक अधिकारीलाई उद्धृत गर्दै इजरायलले कुनै समस्या सिर्जना नगरेसम्म इजिप्टको प्रस्तावमा हमासलाई कुनै खास समस्या नरहेको बताएको छ ।

हमासको प्रतिनिधिमण्डलले कायरोमा इजिप्ट र कतारी मध्यस्थकर्ताहरू समक्ष हमासको प्रस्तावको प्रतिक्रिया प्रस्तुत गर्ने बताइएको छ ।

इजिप्ट, कतार र अमेरिका मिलेर हमास र इजरायलबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न तीन देशले गत शुक्रबार इजरायलमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए । अब दुई देशबीच युद्धविरामको विषयमा कायरोमा वार्ता हुनेछ ।

मध्यस्थतामा इजरायल र हमासबीच ४ दिनका लागि युद्धविराम भएको थियो । यस अवधिमा हमासले ११२ बन्धकहरूलाई रिहा गरेको थियो। यसै क्रममा इजरायलले जेलमा रहेका २४० भन्दा बढी प्यालेस्टिनीलाई पनि रिहा गरेको थियो ।

हमास र इजरायल बीचको युद्धविराम सम्झौता र बन्धकहरूको रिहाइसँग सम्बन्धित विवरणहरू खुलाइएको छैन। यद्यपि, केही मिडिया रिपोर्टहरूका अनुसार यसले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्ने कुरा गरेको छ । बदलामा इजरायलले जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।

६ महिनाको युद्धमा इजरायलले रफाह बाहेक सम्पूर्ण गाजा कब्जा गरेको छ । रफाहमा आक्रमण गर्नुअघि इजरायलले हमासलाई सम्झौताको अन्तिम मौका दिएको थियो। हमासले सम्झौता स्वीकार नगरे इजरायलले रफाहमा ठूलो हमला गर्ने बताएको थियो । हाल रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ३३ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने