म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण | Khabarhub Khabarhub

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा उक्त आयोजाना निर्माण भएको हो ।

अन्नपूर्णको वडा नम्बर ३ काभ्रे, वडा नम्बर ४ को छेम्दी र वडा नम्बर ६ को खिवाङमा दुई करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न भएका हुन् ।

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ ।

गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख रुपैयाँ सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ३८ बजे

संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल

जनकपुरधाम– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदमा भइरहेकका गतिविधि

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार 

काठमाडौं– जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी