विजयोत्सव मनाउन ओली इलाम जाँदै « Khabarhub

विजयोत्सव मनाउन ओली इलाम जाँदै


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम जान लागेका हुन् ।

आज दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना हुने विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।

इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याएका छन् । खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवा नेम्वाङका छोरा हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ०३ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको