रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन् « Khabarhub

रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन्


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका रेशमलाल चौधरीबारे तिखो टिप्पणी गरेका छन् ।

एमाले बर्दिया जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटनका लागि मंगलबार बर्दिया सदरमुकाम गुलरिया पुगेका उनले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम सरकार निर्माणका सन्दर्भमा रेशमले नेपाली कांग्रेसलाई साथ दिएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन् । रेशम पत्नी रञ्जिता भने केन्द्रमा फागुन २१ गते बनेको एमालेसहितको नयाँ गठबन्धनमा छिन् ।

तर रेशमले नयाँ गठबन्धनमा मिसिँदा पार्टी सकिने भन्दै कांग्रेससँगै मिलेर सरकार बनाउने कोसिस गरिरहँदा पोखरेलको यस्तो टिप्पणी आएको हो ।

‘रेशम चौधरीले सामन्तीलाई बोकेर हिँडेपछि अब थारुहरूले उनलाई बोक्दैनन्’, पोखरेलले भने, ‘थारु समुदाय लामो समयसम्म सामन्तीहरूबाट पिल्सिए । तर रेशम भने तिनै सामन्तीहरूको पछि लागेपछि अब थारु समुदाय उनको पछि लाग्नु पर्दैन’, पोखरेलले थपे ।

उनले बर्दिया जिल्ला एमालेको आधार भूमि भएको बताउँदै पुरानै शक्तिका रुपमा फर्किने पनि जिकिर गरे ।

जनताले पनि अब एमाले नै राष्ट्रिय शक्ति रहेछ भन्ने बुझेका उनको तर्क थियो । ‘टीकापुर घटनापछि थारु समुदायमा रेशम चौधरीलाई अन्याय भयो भन्ने भाव पर्‍यो’, उनले भने, ‘सरकारले सजाय माफीमिनाहा गराएर जेलबाट छुटाएपछि रेशमले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने अपेक्षा थियो । तर उनी सामन्तीहरूसँग उठबसमा लागेकाले अब उनलाई थारु समुदायले बोकिरहनु आवश्यक छैन ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ४७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा