रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन् « Khabarhub

रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन्


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका रेशमलाल चौधरीबारे तिखो टिप्पणी गरेका छन् ।

एमाले बर्दिया जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटनका लागि मंगलबार बर्दिया सदरमुकाम गुलरिया पुगेका उनले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम सरकार निर्माणका सन्दर्भमा रेशमले नेपाली कांग्रेसलाई साथ दिएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन् । रेशम पत्नी रञ्जिता भने केन्द्रमा फागुन २१ गते बनेको एमालेसहितको नयाँ गठबन्धनमा छिन् ।

तर रेशमले नयाँ गठबन्धनमा मिसिँदा पार्टी सकिने भन्दै कांग्रेससँगै मिलेर सरकार बनाउने कोसिस गरिरहँदा पोखरेलको यस्तो टिप्पणी आएको हो ।

‘रेशम चौधरीले सामन्तीलाई बोकेर हिँडेपछि अब थारुहरूले उनलाई बोक्दैनन्’, पोखरेलले भने, ‘थारु समुदाय लामो समयसम्म सामन्तीहरूबाट पिल्सिए । तर रेशम भने तिनै सामन्तीहरूको पछि लागेपछि अब थारु समुदाय उनको पछि लाग्नु पर्दैन’, पोखरेलले थपे ।

उनले बर्दिया जिल्ला एमालेको आधार भूमि भएको बताउँदै पुरानै शक्तिका रुपमा फर्किने पनि जिकिर गरे ।

जनताले पनि अब एमाले नै राष्ट्रिय शक्ति रहेछ भन्ने बुझेका उनको तर्क थियो । ‘टीकापुर घटनापछि थारु समुदायमा रेशम चौधरीलाई अन्याय भयो भन्ने भाव पर्‍यो’, उनले भने, ‘सरकारले सजाय माफीमिनाहा गराएर जेलबाट छुटाएपछि रेशमले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने अपेक्षा थियो । तर उनी सामन्तीहरूसँग उठबसमा लागेकाले अब उनलाई थारु समुदायले बोकिरहनु आवश्यक छैन ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ४७ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक