प्रमाणपत्र बुझेपछि सुहाङले भने, ‘हर्षित पनि छु, भावुक पनि छु’ « Khabarhub

प्रमाणपत्र बुझेपछि सुहाङले भने, ‘हर्षित पनि छु, भावुक पनि छु’


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

इलाम–इलाम २ बाट प्रतिनिधि सभा उपनिर्वाचन ०८१ मा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङले मतदातासँग आभार व्यक्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिँदै उनले सबै मतदातालाई मनबाट धन्यवाद दिएका छन् । आफूलाई जनताले यहाँसम्म पुर्‍याएको भन्दै अब उनीहरूकै सेवक भएको पनि बताए ।

‘निर्वाचन सदभाद्पूर्ण वातावरणमा भएको छ । खुल्ला मैदानमा निर्वाचनमा म उठे तर यहाँहरू सबै मेरो साथमा हुनुहुथ्यो । म हर्षित पनि छु भावुक पनि छु । म के वाचा गर्छु भने यहाँहरूले दिनुभएको एक–एक मतको सपना पुरा गर्छु । बुबाले देखाएको बाटोमा इमानदार भएर जनताको हात समाएर हान्नेछु । म यहाँहरू सँगै छु ,’ उनले भने ।

उनले आफ्ना स्वर्गीय बुवा सुवास नेम्बाङलाई सम्झँदै उहाँले देखाएको सपनालाई सम्झिएर सकारात्मक बाटोमा हिँड्ने पनि बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ५९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म