उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता | Khabarhub Khabarhub

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहज गरिदिन आग्रह


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबीच बुधबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र तिब्बत क्षेत्रबीचको सम्बन्ध हिमाल र नदीहरूबाट जोडिएको बताए ।

उनले दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनु पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवम् सहकार्य रहँदै आएको पनि चर्चा गरे ।

उनले भेटका क्रममा नेपाली निर्यातकर्ताहरूलाई चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहज गरिदिन पनि तिब्बत सरकारका उपाध्यक्षसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

भण्डारीले नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवम् विकासलाई प्रर्वद्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको पनि दोहोर्‍याए ।

भेटमा मन्त्री भण्डारीले नेपालले बीआरआईमा सहकार्य गर्दै आएको भन्दै त्यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआवद्धताका क्षेत्रमा लाभ लिन प्रयासरत रहेको पनि बताए ।

उनले नेपाली उत्पादनहरुको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक विन्दुलाई व्यवस्थित गर्ने,चीनको भन्सार र क्वारेण्टिन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्ताहरुलाई चीन सरकारबाट सहजीकरण गरिदिन समेत भेटमा आग्रह गरे ।

‘नेपालसँग सीमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार विन्दूहरुमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरुको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु’, भेटमा मन्त्री भण्डारीले भने ।

तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिए । चिनिया लगानीकर्ताहरू नेपालमा लगानीका इच्छुक रहेको धारणा पनि उनले राखे ।

नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएको भन्दै त्यसले दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने उनले बताए ।

उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषय समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : १० बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’