राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी « Khabarhub

राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उनले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताएका हुन् । मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए। 

जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले सरकारले उद्यमशीलताका माध्यमबाट राष्ट्रिय पूँजी निर्माण गरी रोजगारी सृजना गर्नसके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकांक्षा पूरा हुने बताए । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ३९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म