टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा | Khabarhub Khabarhub

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


43.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ ।

आगामी टी-२० विश्वकपमा भारत समुह ए मा रहेको छ । समुह ए मा भारतसहित पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् ।

विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ०२ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये