यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत « Khabarhub

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान सरकारले गरेको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै विभागले चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षकोभन्दा बढी दरले उकालो लाग्ने अनुमान गरेको हो । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा खुम्चिएको थियो ।

विभागले नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्ने देखिएको जनाएको छ । त्यही आधारभूत मूल्यअनुसार नेपालको कुल ग्राहस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुने अनुमान विभागले गरेको हो ।

सरकारको यो अनुमान विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकको अनुमानभन्दा बढी हो ।

विश्व बैंकले यस वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने अनुमान गरेको छ । उता मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका छन् ।

नेपालकै निजी क्षेत्रको तर्फबाट नेपाल व्यवस्थापन संघले देशको आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरिसकेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रतर्फको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रतर्फको वृद्धिदर ३.७५ प्रतिशतले हुने अनुमान गरिएको छ ।

गत वर्ष अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार हुँदै त्यसको आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको  विभागले जनाएको छ ।

गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) २.३१ प्रतिशत कायम भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ४० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि