नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी « Khabarhub

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा आज ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ ।

ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागी थिए ।

कार्यक्रममा बोल्दै नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।

मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताए ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गरे।

वैशाख १६–१७ गतेसम्म बसेको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गरे ।

उक्त बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एक दिनअगाडि नेपालका अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ११ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको