गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो ! « Khabarhub

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा बरफ महँगो पर्न थालेको छ । गर्मीले नागरिकलाई आलसतालस बनाएपछि त्यहाँ दूध र पाउरोटी भन्दा आइसक्युब (बरफको टुक्रा) को भाउ महँगिएको हो ।

राजधानी बमाको शहरका पसलहरूमा बरफ किन्ने नागरिकको भीड लाग्न थालेको अन्तरराष्ट्रिय मिडियाहरूमा खबर छ । आवश्यक मात्रामा बिजुली नहुँदा त्यहाँ चर्को लोडसेडिङका कारण नागरिकले पङ्खा समेत चलाउन सकिरहेका छैनन् । तारन्तार बिजुली जाँदा मालीका नागरिकले घरको फ्रिजसमेत चलाउन नपाएका हुन् ।

चाँडै सड्ने खानेकुरा सुरक्षित राख्न र तातो हावा चलेका बेला शीतलता लिन त्यहाँ बरफ प्रयोग भइरहेको छ । बरफको मूल्य निरन्तर बढ्दा आर्थिक रूपमा विपन्नहरूले थप सकस भोगिरहेका छन् ।

यतिखेर राजधानी बमाकोमा रातको समयमा तापक्रम ४६ डिग्री सेल्सियसम्म पुग्न थालेको छ । गर्मीका कारण मानिसहरू बेहोस भइरहेका छन् । उनीहरूलाई जगाउन बरफमा चिस्याइएको पानी छम्किने गरिएको छ ।

केही शहरहरूमा एक थैली बरफको मूल्य ३०० देखि ५०० फ्रयाङ्कसम्म पुगेको छ । त्यहाँ पाउरोटीको मूल्य २५० फ्रयाङ्क पर्छ ।

मालीको सरकारी ऊर्जा कम्पनी गएका वर्षदेखि नै करोडौं डलर ऋणमा डुबेका छन् । ती कम्पनीले मागबमोजिम बिजुली आपूर्ति गर्न सकिरहेका छैनन् ।

गर्मीका कारण राजधानीमा मात्रै यो सिजनमा १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ३२ बजे

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।