सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु | Khabarhub Khabarhub

सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको थियो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

जीप सडकदेखि करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ५ यात्रु सवार रहेको बताइएको छ ।

 

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ७ : २५ बजे

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका

विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय ३० पुग्यो

काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा

ओलीले विश्वासको मत लिँदा उपस्थित भएनन् यी सांसद

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सत्ता पक्ष

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि

ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सक्त पक्ष