सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु « Khabarhub

सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको थियो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

जीप सडकदेखि करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ५ यात्रु सवार रहेको बताइएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ७ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको