वर्षालाई लिएर छायांकनमा निस्कियो 'छक्का पञ्जा- ५'को टिम  | Khabarhub Khabarhub

वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम 


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंदीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो ।

भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरी छायांकन सुरु भएको लेखक एवं नायक दीपकराज गिरीले खबरहबलाई जानकारी दिए । 

दीपकराजका अनुसार टिमले यो पटक राजनीतिबाट टाढा रहेर सामाजिक कथामा फिल्म बनाउन लागेको छ । ४५ दिनको छायांकनको काम सक्ने उनीहरुको लक्ष्य रहेको छ । 

यो फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ । फिल्ममा अहिलेसम्म दीपकराज, केदार घिमिरे र सिवाकोटी पक्का भएका छन् । अन्य कलाकारका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बुझिएको छ । 

दीपाश्री निरौलाको निर्देशन रहने यो फिल्म प्रदर्शन मिति असोज २४ गते फुलपातीलाई तोकिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  २ : ४४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस