कुपोषण तथा भोकमरी अन्त्यका लागि वर्ल्ड भिजनको साढे २२ करोड सहयोग « Khabarhub

कुपोषण तथा भोकमरी अन्त्यका लागि वर्ल्ड भिजनको साढे २२ करोड सहयोग


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका बालबालिकामा रहेको कुपोषण र भोकमरी उन्मूलन गर्ने लक्ष्यका साथ इनफ अभियानको औपचारिक रुपमा घोषणा भएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेसनल तथा एकर्ड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच इनफ अभियानको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै वर्ल्डभिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वर्ल्ड भिजनले सन् २००१ देखि नेपालमा पोषणको क्षेत्रमा बालबालिकाको पहुँच बढाउनका लागि काम गरिरहेको बताइन् ।

औपचारिक कार्यक्रमको घोषणाका क्रममा नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा काम गर्नका लागि नेपाललाई वर्ल्ड भिजनले २२ करोड ६५ लाख रुपैयाँ (१.७ मिलियन अमेरिकी डलर) सहयोग दिने घोषणा समेत गरेको छ । उक्त संस्थाले नेपाल लगायत विभिन्न विकासोन्मुख मुलुकका बालबालिकाहरुमा पोषणयुक्त खानाको पहुँच बढाउनका लागि सहयोग गर्दै आएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बाल कुपोषणको अन्त्य गर्नका लागि गर्भवती अवस्थादेखि नै महिलाहरूलाई विशेष ख्याल गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले स्थानीय स्तरमा नै उत्पादन भएमा खानेकुरालाई मिलाएर खान सकेमा केही हदसम्म बाल कुपोषणको दर घटाउन सकिने बताइन् ।

सरकारले सामुदायिक विद्यालयहरूमा लागू गर्दै आएको दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने खानेकुराको उपयोग गरिने बताउँदै यस्ता कार्यक्रमले बाल पोषण क्षेत्रमा सकारात्मक सन्देश दिएको उनको धारणा थियो । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बालबालिकाको क्षेत्रमा वर्ल्ड भिजनले गरेको कार्य ज्यादै सराहनीय भएको बताए ।

अझै पनि नेपालमा धेरै बालबालिकाहरू न्यून तौलका जन्मिने बताउँदै उनले कर्णाली प्रदेशमा धेरै बालबालिकाहरू कम तौलका जन्मिने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : ४० बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त