काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ ।
यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणको खरिदमा ग्राहकले अब अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।
एनसेलका ग्राहकले सामसङको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन् । ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरूले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर रहने कम्पनीले जनाएको छ ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ ।
यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरूले साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
यो अफर असोज २२ देखि कार्तिक ३० सम्म लागू हुनेछ । यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन्। ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन् ।
‘एनसेलमा हामीले सधैँ कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौँ। यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् । यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्ने विश्वास लिएका छौँ ।,’ यस सहकार्यबारे आफ्नो धारणा व्यक्त गर्दै एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने ।
लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
वीरगन्ज (पर्सा), २७ असोज : सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना व्यक्तिलाई आज नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार सुरक्षा टोलीले नेपालबाट भारतर्फ गइरहेका बारा जिल्ला बारागढी गाउँपालिका–३ का जमिल अख्तर मियाँले झोलामा लुकाइछिपाइ लैजान लागेको चार केजी ८५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो । निजलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय पठाइएको जानकारी दिइयो ।
त्यस्तै भारतबाट नेपालतर्फ पैदलयात्रमा रहेको बारा विश्रामपुर गाउँपालिका–५ शेख सहजातको शरीर खानतलासी गर्दा कालो प्लास्टिकमा रहेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ चार ग्राम ८४० मिलीग्रामसहित बरामद भएको थियो ।
यसैबीच, पर्सा प्रहरीले १२ बोरको भरुवा एक नाल बन्दुक बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–२२ स्थित धान खेतमा लुकाइराखेको अवस्थामा सो बन्दुक बरामद गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।














प्रतिक्रिया