थामिनसक्नु गर्मी : धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री « Khabarhub

थामिनसक्नु गर्मी : धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिमको राजधानी सहर धनगढी उपमहानगरपालिकामा बिहीबार तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीबार धनगढीमा तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

बुधबार दिउँसो गरिएको मापन अनुसार त्यहाँ ४३.३६ डिग्री सेल्सियस तापक्रम थियो । बिहीबार ४४ डिग्रीबाट माथि गएको कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले बताए।

उता मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको थियो । चौधरीले १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको जानकारी दिए ।

उनले सन १९९५ जुनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको बताए । बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन गरिएको थियो ।

बिहीबार काठमाडौँ उपत्यकाको तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ। केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको  छ ।

नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको मौसमविद्ले जनाएका छन् । मनसुन नेपाल आइपुग्न अझै एक साता लाग्ने भएकाले तापक्रमले उचाइ लिएको हो ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : ५३ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक