गगन भन्छन् : सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ, केपी ओली जोगाउन जुटे « Khabarhub

गगन भन्छन् : सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ, केपी ओली जोगाउन जुटे


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार लागेपछि संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने शर्तबाट आफूहरू पछि हटेको दाबी गरेका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका थापाले सरकारले केही दिन संसद् पेलेरै चलाएर अधिवेशन अन्त्य गर्न खोजेपछि आफूहरू सम्झौतामा जानुपरेको बताए ।

उनका अनुसार संसद् अधिवेशन अन्त्य गरेर सरकार समिति नबनाउने दिशामा अघि बढेपछि रविको नाम नराखेर भए पनि समिति बनाउने कुरामा सहमति गरिएको हो ।

नेपका एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय समितिले आफूहरूका एजेण्डालाई सम्बोधन गर्ने पनि उनले दाबी गरे ।

तत्कालीन समयमा गोर्खा मिडियाका शेयर धनी र सञ्चालकसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी अपचलनमा संलग्‍न रहेको तथ्य र प्रमाणले पुष्टि गर्ने उनले बताए ।

गृहमन्त्रीले संसद्को रोस्टमबाट ‘संसदीय होइन, अन्तर्राष्ट्रिय नै बनाए पनि हुन्छ’ भने पनि नाम उल्लेख गरेर समिति बनाउन नमानेको पनि थापाले जिकिर गरे ।

थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै नाम लिँदा पनि उनी रिसाउने अवस्था रहेको उल्लेख गरेका छन् ।

‘नाम लिँदा रिसाउनुहुन्छ होला भनेर म नाम त लिन्नँ। तपाईंहरूले बुझिहाल्नुहुन्छ, फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने नामै तोकेर समिति बनाउन कांग्रेसले माग गरिराख्छ । संसद् अरु केही दिन यसरी पेलेरै चलाउने, सभामुखले पनि साथ दिनुभएकै छ । त्यसपछि संसद् बन्द गर्दिने’, थापाले ओलीतिर लक्षित गर्दै भने, ‘संसद् बन्द गरिसकेपछि छ महिना बिताएर संसद् बोलाए भइहाल्यो । संसदीय समिति नबनाउने सोच राखिसकेपछि हामीले पार्टीका साथीहरूसँग छलफल गर्यौँ ।’

उनले मुख्य कुरा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कुरालाई तथ्य, तर्क र प्रमाणहरूले पुष्टि गर्ने बताए ।

‘गृहमन्त्रीको संलग्नता रहेको कुरालाई तथ्य, तर्क र प्रमाणहरूले पुष्टि गरेका छन्’, उनले भने, ‘यसको आधारमा अनुसन्धान हुने कुरालाई निश्चित गरौँ । अनुसन्धान हुने कुरालाई निश्चित गर्नु हाम्रा लागि मुख्य कुरा हो ।’

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : ०५ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको