आजका समाचार : दोस्रो पटकपनि सन्दीपको भिसा रिजेक्ट, सातै प्रदेशमा रोजगार मेला  | Khabarhub Khabarhub

आजका समाचार : दोस्रो पटकपनि सन्दीपको भिसा रिजेक्ट, सातै प्रदेशमा रोजगार मेला 


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।


उनीहरुबीच झण्डै ४५ मिनेट भएको भेटमा संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासग भेट गरे लगत्तै खनालले आज प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै छ : प्रधानमन्त्री प्रचण्ड

गगन भन्छन् : सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ, केपी ओली जोगाउन जुटे

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन ; अर्थमन्त्री

श्रमाधान रोजगार मेला
कोशी प्रदेशको विराटनगरमा आजबाट श्रमाधान रोजगार मेला शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् ।

कोशी प्रदेशबाट शुभारम्भ गर्ने रोजगार मेला सातै प्रदेशमा क्रमश आयोजना गरिने छ । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबार मेला सञ्चालन हुने छ ।

मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको ‘श्रमाधान रोजगार मेला’ रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ ।

रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछौँ : प्रधानमन्त्री

‘समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक’

‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

अर्थसंक्षेप : भारतमा ४०० मेगावाट बिजुली बिक्रीदेखि कृषि बीमा प्रिमियम भुक्तानीसम्म

सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ।

यही जुनमा हुन लागेको टी-२० विश्वकप क्रिकेट खेल्न प्रशिक्षणरत उनलाई अमेरिकी दूतावासले अन्तरर्वातामा बोलाएर दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको हो ।


यसअघि ९ जेठमा पनि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसबेला लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको बताएका थिए ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा थियो । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अहिले नेपाली टोली अभ्यास म्याचमा ब्यस्त छ ।

जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो‘

खेलकुदमन्त्री भन्छन् : सक्दो कोसिस गर्‍यौँ, प्रधानमन्त्रीले पहल गर्दा पनि सन्दीपलाई भिसा मिलेन

सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलायो

खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण

थामिनसक्नु गर्मी स् धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री
सुदूरपश्चिमको राजधानी सहर धनगढी उपमहानगरपालिकामा बिहीबार तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीबार धनगढीमा तापक्रम ४४।१ डिग्री सेल्सियस मापन गरिएको छ ।


बुधबार दिउँसो गरिएको मापन अनुसार त्यहाँ ४३.३६ डिग्री सेल्सियस तापक्रम थियो । बिहीबार ४४ डिग्रीबाट माथि गएको कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले बताए।

उता मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको थियो । चौधरीले १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको जानकारी दिए ।

तापक्रम बढ्दै गएपछि महोत्तरीका विद्यालय बन्द

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

काठमाडौंमा चर्को हावाहुरी, बस्न सकेनन् जहाज, कुनै जनकपुर कुनै भैरहवा डाइभर्ट

महानगरलाई सडकको पत्र : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू

याकचौँरी कृषक महासंघको अध्यक्षमा पावीहाङ राई

अन्तराष्ट्रिय…

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार प्योङयाङले दक्षिण कोरियामा सयौँ ठूला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि जापानी क्षेत्रमा यो प्रहार गरेको हो । केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो ।


दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ ।

इरानमा राष्ट्रपतिपदको उम्मेदवारी दर्ता सुरु

युक्रेनमा रूसी सेनाको आक्रमणमा सात जनाको मृत्यु

तापक्रमले स्वास्थ्य संकट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

बंगलादेशमा बन्दुकधारीद्वारा रोहिङ्ग्या शिक्षक र विद्यार्थीको हत्या

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ७ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको