सकियो सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियन्सिप « Khabarhub

सकियो सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियन्सिप


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार सकिएको छ ।

आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका सत्य थापाका अनुसार सिनियर पुरुष च्याम्पियनसिपतर्फ वसन्त राई प्रथम, शरद राई दोस्रो र पेन्थलिन शेर्पा तेस्रो भए ।

काठमाडौंको टोखामा आयोजित प्रतियोगितामा महिला खुला च्याम्पियन्सिपतर्फ खुसी विके प्रथम, समीक्षा राई दोस्रो र लेमंग मगर तेस्रो भएका छन् ।

पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो र अविशेष परिवार तेस्रो भए ।

दुई दिनसम्म आयोजित प्रतियोगिताका विजयीले पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् ।

सबै विद्यामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिइए छ ।

यसअघि शुक्रबार उक्त प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाट्न गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र सुन्दर खेल भएको बताएका थिए । उनले ७५३ वटै पालिकामा यस खेलको मैदान बनाउनुपर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा बोल्दै गायक प्रकाश सपूतले खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गरे । उनले कार्यक्रममा आर्थिक, नैतिक सहयोग गरेर यो खेलको प्रवरद्धनमा सघाउने बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले यो खेल आफ्नो पालिकामा हुँदा गौरव बढेको बताए । आफ्नो पालिकाको कुनै खेलाडी आर्थिक अभावका कारण खेल्नबाट बञ्चित हुनु नपर्ने बताए ।

प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी थिए ।

ती खेलाडीलाई खुल्ला सिनियर पुरुष , खुल्ला जुनियर पुरुष, खुल्ला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विधामा खेलाइएको थियो ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्‍ले सहयोग गरेको थियो । यस्ता प्रतियोगिता गरेर नेपाली खेलाडीको उपस्थिति विश्व मञ्चमा गराउन लागिरहने प्रतिबद्धता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले गरे ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ३४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका