मुख्यसचिवको लाइनमा लीलादेवी, को को छन् दाबेदार ? | Khabarhub Khabarhub

मुख्यसचिवको लाइनमा लीलादेवी, को को छन् दाबेदार ?



निमित्त मुख्यसचिव लीलादेवी गड्तौला

काठमाडौं- मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दियो । उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव चयन नगरी निमित्तिबाटै काम चलाउने निर्णय गर्‍ यो । अब सरकारले पहिलो पटक कायम मुकायम मुख्यसचिवमा गड्तौलाई जिम्मेवारी दिन्छ या ७५ दिनका लागि उनलाई मुख्यसचिव नै बनाउँछ भन्ने निर्णय मन्त्रिपरिषदमै भर पर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतका अनुसार गड्तौलालाई मुख्यसचिव २ महिना १५ दिनसम्म दिने र त्यसपछि अर्यालको मुद्दा सल्टाएर उनलाई नै पुनरागमन गर्ने भन्ने बारेमा पनि छलफल भइरहेको छ । उता गड्तौलाले पनि प्रधानमन्त्रीलाई भेटेर नेपालको पहिलो महिला मुख्यसचिव बनाएर इतिहास रच्नका लागि सुझाव दिएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त नगर्नुलाई पनि गड्तौलालाई अवसर आउने सम्भावनाका रुपमा हेरिएको छ । अब अर्को मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गर्नुपर्ने हुन्छ । यसबारे प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘अहिले नै फाइनल भएको छैन, सबैको योग्यता, क्षमता हेरेर कसलाई बनाउने, यसै साता टुंगिन्छ । गठबन्धनको सरकार भएकाले सबैसँग परामर्श गरेर यो विषय टुंगो लाग्छ ।

को–को छन् मुख्यसचिवको लाइनमा ?

निमित्ति मुख्यसचिव गड्तौला सरकारले आफूलाई नै मुख्यसचिव बनाउँछ भन्नेमा ढुक्क देखिन्छिन् । तर, उनीसँगै अन्य प्रधानमन्त्री कार्यालय र अन्य क्षेत्रका योग्यता पुगेका सचिवहरू आफ्नो भाग आउन सक्ने अपेक्षामा छन् ।

मुख्यसचिवको पद कारणले खाली भएमा, विदेश गएमा वा बिरामी भएमा प्रधानमन्त्री कार्यालयमा भएका वरिष्ठ सचिवले काम गर्ने भन्ने कानूनी प्रावधान छ । सचिवहरू मध्येबाट जसले गरे पनि हुने कानूनी प्रावधान छ । तर, सरकारले जो पायो उसैलाई लानुभन्दा वरिष्ठ सचिवबाटै मुच्यसचिव बनाउने प्रचलन छ ।

गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका वरिष्ठ सचिवमध्ये पहिलो नम्बरकी हुन् । उनलाई नियम बमोजिम निमित्त मुख्यसचिवको पद आएको हो । गड्तौलाले सचिवका रुपमा चौथो वर्षमा काम गरिरहेकी छन् । अन्य सचिवहरू कोही तेस्रो वर्ष, चौथो वर्ष र पाँचौँ वर्षमा पनि काम गरिरहेका छन् । यसरी हेर्दा गड्तौलाभन्दा सिनियर सचिवहरु अन्य मन्त्रालय र आयोगहरूमा नभएका होइनन् । तर, उनी कानूनमा पोख्त र महिला भएका कारण प्राथमिकतामा परेकी हुन् ।

निलम्वनमा परेका अर्यालको कार्यकाल सकिन १ वर्ष ६ महिना बाँकी छ । यस कारण पनि भदौसम्ममा उनको मुद्दा छिनोफानो गर्ने र त्यो अवधिसम्मलाई गड्तौलालाई नै जिम्मेवारी दिने सरकारको तयारी छ ।

निमित्त मुख्यसचिव लीलादेवी गड्तौला

तेह्रथुमकी गड्तौला ०५२ सालबाट सरकारी सेवामा लागेकी हुन् । उनले नेपाल ल क्याम्पसबाट आइएल र बीएल गरेकी छन् । न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनले कानून मन्त्रालयमा १७ वर्ष काम गरिसकेकी छन् । उनले ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा काम गरेकी छिन् ।

०६३ सालमा उपसचिव बनेकी उनी ०७० माघमा सहसचिव बनिन् । ०७७ कात्तिकमा सचिव भएकी उनी निमित्त मुख्यसचिव बन्नुअघिसम्म उनले नेपाल कानुन आयोगको सचिव र कानुन मन्त्रालयको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन् । उनी पहिलो महिला कानुन सचिवसमेत हुन् । उनले ०८० भदौ २२ देखि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवका रूपमा काम गर्दै आएकी थिइन् ।

हाल प्रधानमन्त्री कार्यालयमा सुरजकुमार वैद्य इन्जिनियरिङ क्षेत्रका सचिव छन् । त्यस्तै, कृष्णहरि पुष्कर प्रशासन क्षेत्रका सचिव छन् । सचिव खगेन्द्रप्रसाद नेपाल विशेष दरबन्दीमा छन् भने अर्का सचिव नारायण शर्मा दवाडी विकास व्यवस्थापन क्षेत्रका सचिव हुन् । यी सबै मुख्यसचिव हुने लाइनमा छन् ।

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पनि मुख्यसचिव हुने लाइनमा छन् । उनको पनि गड्तौलाको जस्तै भदौमा पदावधि सकिँदैछ । तर, उनलाई सत्ता गठबन्धनले रोकेर अरूलाई अगाडि सार्ने संकेत देखिएको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेपछि ज्ञवालीलाई निमित्त मुख्यसचिव बनाइने चर्चा पनि नचलेको होइन । तर, सरकारले गड्तौलालाई नै रोज्यो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी पनि मुख्यसचिवको लाइनमा छन् । उनी प्रचण्डको रोजाइमा परेका व्यक्ति हुन् । यस्तै, गृहसचिव रहेका एकनारायण अर्याल, अर्थसचिव मधुकुमार मरासिनी र सचिव दिनेश भट्टराई लगायतका सचिवहरू पनि मुख्यसचिवका दाबेदार हुन् ।

पुरुषहरूको लडाइ परे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले गड्तौलालाई नै चयन गर्न सक्ने सम्भावना पनि छ । रास्वपा पनि गड्तौलाप्रति सकारात्मक रहेको नेताहरु बताउँछन् । रास्वपाका एक मन्त्रीले भन्छन्, ‘मुख्यसचिवको यस्तो भ्रष्टाचार काण्ड आउला भनेर सोचिएको थिएन । पुरुष–पुरुषको लडाईँमा महिलालाई प्राथमिकता दिने कि भन्ने कुरा छ ।’

निलम्वनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याल 

यसअगाडि बैकुण्ठ अर्याल मुख्यसचिव हुने बेलामा दोस्रो बरियतामा सचिव देवकुमारी गुरागाईँ थिइन् । वरिष्ठ सचिवमध्येबाट कोहीलाई मुख्यसचिव बनाउने चलनमा दोस्रो वरियताकी गुरागाईँलाई पनि सरकारले मुख्य सचिव बनाउन सक्थ्यो । तर, उनलाई पन्छाएर सचिवको पाँचवर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिन मात्रै बाँकी रहँदा बैकुण्ठ अर्याल अप्रत्याशित रूपमा सरकारको मुख्य सचिवमा नियुक्त भएका थिए ।

किन गरियो अर्याललाई विशेष पद सिर्जना ?

भ्रष्टाचारको आरोप लागेर मुख्यसचिवबाट स्वतः निलम्बनमा परेका अर्याललाई विशेष पद सिर्जना गर्नुको कारण मुद्दा सकिएपछि पुनः मुख्यसचिवमा ल्याउने कुन सक्छ । नेपालको इतिहासमा सरकारले यसरी मुख्यसचिव वैकुण्ठ अर्याललाई मात्र विशेष पद सिर्जना गरेर सरुवा गरेको भने होइन । सरकारले अप्ठ्यारो परेका बेलामा विगतमा पनि यस्तो कार्य गर्दै आएको छ ।

याे पनि- 

राजीनामा नगरेपछि स्वतस्निलम्बित भए मुख्यसचिव अर्याल

यी हुन् मुख्यसचिवसहित भ्रष्टाचारमा तानिएका १२ जना, ३८ करोड ६७ लाख बिगो दाबी

०६२–६३ को जनआन्दोलन दबाउन भूमिका खेलेको आरोपमा २०६३ वैशाख २८ मा तत्कालीन मुख्यसचिव लोकमान सिंह कार्कीलाई सरकारले मुख्यसचिव पदबाट हटाएको थियो । त्यसपछि उनलाई विशेष पद लिएर २०६३ जेठ मा मुकुन्द शर्मा पौडेल मुख्यसचिवमा नियुक्त भएको इतिहास छ ।

प्रधानमन्त्री कार्यालयका एक सचिव बैकुण्ठ अर्याललाई विशेष पद सिर्जना गरेर लानु देशको आवश्यकता भएको दाबी गर्छन् । देशको मुख्यसचिव नै निलम्बन भएपछि सरकारले स्वतन्त्र भएर काम गर्न नसक्ने भएकाले यो अभ्यास नीतिसम्मत नै भएको उनको तर्क छ ।

प्रधानमन्त्री कार्यालयमै मुख्यसचिवको दरबन्दी राखिरहे आज एउटा र भोलि अर्को सचिवले मन्त्रिपरिषद् चलाउने अवस्था आएमा सूचनामा स्थिरता र गोपनीयता नहुने भएकाले सरुवा गरेर दरबन्दी सारेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

मुख्यसचिव देशमा एउटै हुने भएकाले कुनै अभियोग लाग्दैमा उनले राजीनामा दिनुपर्ने कानूनी प्रक्रिया नभएको ती सचिवको तर्क छ । तर, अर्याल मुद्दा चलुन्जेल कार्यालय आउन भने पाउने छैनन् । मुद्दा जितेर आएपछि भने उनी पुनः मुख्यसचिव भएर आउन पाउनेछन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : १४ बजे

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा  नदिइ विश्वासको मत लिने तयारी

शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द  

काठमाडौं–  नेप्से परिसूचक ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक

मार्ग प्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रचण्ड लक्षित बाबुरामको स्टाटस– ‘सधैँभरी ठग्न सकिन्न’

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ