विप्लव भन्छन् : नेपालमा अहिले उकुसमुकुस छ, भूराजनीतिक दबाब छ | Khabarhub Khabarhub

विप्लव भन्छन् : नेपालमा अहिले उकुसमुकुस छ, भूराजनीतिक दबाब छ


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले नेपाल उकुसमुकुसको अवस्थामा रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् ।

‘नेकपा एकीकृत समाजवादीमा निकै महत्त्वपूर्ण व्यक्तित्वहरू रहेको कुरा सबैलाई थाहा छ। आरोह अवरोह पार गर्दै नेपालको एउटा विशिष्ट परिस्थितिमा यो पार्टी उपस्थित भएको छ’, उनले भने, ‘झापा आन्दोलनदेखि पछिल्लो राजनीतिक आन्दोलनसम्म जोडिएको पार्टी हो ।’

उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति र भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको उनले बताए ।

‘सम्पूर्ण कुतत्वको आँखा नेपालमा परेको छ । सीमान्तकृत समुदायका सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैन’, उनले भने, ‘उनीहरूका अधिकार केही प्राप्त भएका छन् । तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’

उनले नेतादेखि उनीहरूका छोरासमेत भ्रष्टाचारमा डुबेको बताए । ‘नेताका छोराहरू भष्टचारमा परेको कुरा हेरिरहेका छौँ । नेपाल अहिले उकुसमुकुसमा परेको छ’, उनले भने ।

विप्लवले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्दै उनले भने, ‘नेपाल अब कता जाँदैछ । खतम भयो, सिद्धियो भन्छ्न । तर नेपाल सकिदैनँ । अनिश्चय सम्भावना र रूपान्तरणको सिद्धान्तलाई पनि हामीले पकड्नुपर्छ । नेपाललाई पश्चगमनको यात्राबाट होइन, यथास्थितिको भूमरीमा पर्न दिने होइन, समृद्धिमा लानुपर्छ । नेपाली कांग्रेस र रास्वपाले चाहेको समृद्धि यही हो ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ०३ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ