‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन « Khabarhub

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइएको हो ।

नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयका बारेमा बालबालिकाको क्षमता विकास गर्ने, कला, संस्कृतिको संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको हो ।

पाठ्यक्रममा नेपालगन्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकीय गन्तव्य, कला, संस्कृतिलगायत विभिन्न विषय छनोट गरिएको छ ।

स्थानीय विषयको ज्ञान प्रदान गर्न र संस्कृति संरक्षणमा यो पाठ्यक्रमले मद्दत पुर्‍याउने शाखा अधिकृत शाहीले बताए । ‘चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमले स्थानीय विषयको ज्ञान र सीपमा वृद्धि हुने अपेक्षा लिएका छौँ’, उनले भने, ‘बालबालिकाले यहाँका चालचलन, रहनसहन र इतिहास, पर्यटन, व्यापारलगायत विषयबारे जानकारी पाउनाका साथै सीप विकासमा टेवा पुर्‍याउने छ ।’

गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निर्माण गरिएको थियो । उक्त कार्यदलले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाइसमेत गरिसकिएकाले चालु शैक्षिक सत्रमा लागू गर्ने बताउँदै शाहीले केही दिनभित्र यहाँका सबै विद्यालयमा वितरण गरिने जानकारी दिए ।

पाठ्यक्रम पढाउन विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अधिकृत शाहीका अनुसार उपमहानगरअन्तर्गत रहेका ४३ सामुदायिक विद्यालय, ३९ धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयमा उक्त पाठ्यक्रम लागू गरिनेछ । उपमहानगरको आफ्नै पाठ्यक्रम नहुँदा विद्यार्थीले यसअघि बिना पुस्तक पढ्न बाध्य थिए । चालु आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हात हातमा पुर्‍याउने नीति उपमहानगरले लिएको छ ।

पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको पाठ्यक्रम निर्माण कार्यदलका सदस्य वीरेन्द्र यादवले बताए । उनका अनुसार उपमहानगरले नेपालगञ्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षका जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ४५ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा