लेखेको ४० वर्षपछि गीत सार्वजनिक | Khabarhub Khabarhub

लेखेको ४० वर्षपछि गीत सार्वजनिक


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत आज सार्वजनिक गरिएको छ ।

साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भर्नुभएको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गरेका छन्। विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको जर्जियामा उहाँले उक्त गीत लेखन तथा कम्पोज सम्पन्न गरेका थिए ।

मिर्गौला रोगबाट पीडित भएपछि गायक विष्टको अमेरिकामै मिर्गौला प्रत्यारोपण गरिएको थियो । वरिष्ठ पप गायक विष्टको उपस्थितिमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विजयराज भूर्तेलले निर्देशन गरेका हुन् ।

सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भूषण खरेलको शब्द र जेम्स प्रधानको सङ्गीत रहेको छ । म्युजिक भिडियो जेम्स प्रधानले निर्देशन गरेका हुन् ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न हुनुहुन्छ । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् । आफ्नो कार्य व्यस्तताका कारण उनी लामो समय सङ्गीत क्षेत्रमा क्रियाशील हुन सकेनन्।

सशस्त्र प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट अवकाशपछि केही वर्ष विदेशमा बसेका उनी पुनःसङ्गीत क्षेत्रमा सक्रिय भएका हुन् ।

वरिष्ठ गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : २४ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी