बहिरा नागरिकलाई ड्राइभिङ लाइसेन्स दिनु कति व्यवहारिक ? (भिडियोसहित) « Khabarhub

बहिरा नागरिकलाई ड्राइभिङ लाइसेन्स दिनु कति व्यवहारिक ? (भिडियोसहित)

‘कानून सुधार, अपाङ्गतामैत्री पूर्वाधार बनाऊ र गरिखान देऊ’



काठमाडौं– राघववीर जोशीका अभिभावकले छोरा आठ महिनाको हुँदा सुन्न नसक्ने थाहा पाए । जेठो सन्तानका रूपमा जन्मिएका राघवले सुन्न नसक्ने भएपछि उनीहरू निकै चिन्तित भए । छोरा आवाज नसुन्ने (बहिरा) भयो, कसरी हुर्काउने ? कसरी पढाउने ? ठूलो भएपछि के गरिखाला ? छोराको भविष्य प्रतिको यो प्रश्नले झस्काइरहन्थ्यो ।

सुन्न नसक्ने भए पनि राघव क्षमतावान थिए । फोटोग्राफर हुँदै उनले संसद्सम्मको यात्रा तय गरे । गत संविधान सभाको उनी समानुपातिक सांसद्‌ थिए । उनी एसियाकै पहिलो बहिरा सांसद् पनि हुन् । हाल उनी राष्ट्रिय बहिरा महासंघ नेपाल र काठमाडौं बहिरा संघका सल्लाहकार छन् ।

संसद्‌मा उनले बहिरा तथा अपाङ्गता भएकाको हकहित निम्ति वकालत गरे । विशेषतः उनले बहिराको लागि सवारी लाइसेन्सको पहल गरे र अहिले पनि गरिरहेका छन् ।

२४ वर्ष हुँदा राघवको मागी विवाह भयो । उनको श्रीमतीमा श्रवण समस्या छैन । कान नसुन्ने हुँदा बिहे गर्न निकै दुःख हुने रहेछ । आमाबुवा, श्रीमती र तीन छोरी छन् । दुई छोरीले थाइल्याण्डमा अध्ययन पुरा गरेका छन् । कान्छी छोरी भारतमा कानून पढ्दैछिन् । उनै जोशीको बाल्यकाल, समाजसेवा, राजनीति र संघर्षलाई खबरहबले खोतल्ने प्रयास गरेको छ ।

राघववीरको जन्म वि.सं. २०१९ मा काठमाडौंको पुतली सडकमा भयो । उनी चार दाजुभाइ-दिदीबहिनीमध्ये जेठो सन्तान थिए । बुवा संयुक्त राष्ट्रसंघमा कार्यरत थिए ।

राघववीर जन्मजात नै सुन्न नसक्ने थिए । ट्रकको ठूलो हर्न भने मेसो पाउँछन् । उनी जन्मिएको ८ महिनामा मात्रै बुवाआमाले छोरा सुन्न नसक्ने थाहा पाए ।

फुपुको छोरा र उनी दुई महिना जेठो-कान्छो थिए । फुपुले तेल लगाउन उनीहरूलाई घाममा निकालिन् । आकाशमा प्लेनको आवाज सुनेर फुपुको छोरा थप चलाख भए । तर राघववीरले प्लेनको आवाज सुनेनन् । कुनै प्रतिक्रिया पनि दिएनन् ।

राघववीरको श्रवण क्षमतामाथि अभिभावकलाई शङ्का लाग्यो । जँचाउन वीर अस्पतालमा पुर्‍याए । राघवले आवाज सुन्न नसक्ने पुष्टि भयो । तत्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेटेर ‘बालमन्दिरमा पढ्ने व्यवस्था गरिदिनुपर्‍यो’ भने ।

राघवको शिक्षा नक्साल बालमन्दिरबाट शुरू भयो । बालमन्दिर वि.सं. २०२३ सालमा खुल्यो । उनले पढ्दा साङ्केतिक भाषा थिएन । अरू नर्मल विद्यार्थीलाई पढाएकै जसरी पढ्नुपर्‍यो । त्यतिबेला बहिराहरूले पढ्ने विद्यालय थिएन । उनको पालामा ८ कक्षासम्म मात्रै बहिराले पढ्ने व्यवस्था थियो ।

अमेरिका गई तालिम लिएर आएपछि इन्दिरा श्रेष्ठले सिकाउन सुरु गरिन् । चार जनाबाट सुरु भएर थपिँदै १५ जना पुग्यो । बोर्डमा लेखेकोलाई बोल्न लगाइन्थ्यो । बुझ्न धेरै गाह्रो हुन्थ्यो, धेरै कोसिस गरेपछि एक शब्द सिक्न सकिन्थ्यो । ओठेलिपि अनुसार अध्ययन गर्दा शिक्षकले हातको संकेतले साथीभाइसँग कुरा गरेको देखे पिट्थे ।

ओठेलिपि सहि छैन भन्ने भएपछि मात्रै साङ्केतिक भाषाको विकास भएको हो । इटालीबाट चार जना बहिरा नेपाल घुम्न आएका थिए । नेपालमा बहिराले इसाराले बोलेको देखेपछि उनीहरूले साङ्केतिक भाषा हुन्छ भनेर सिकाए ।

आफ्ना हक अधिकारको लागि बहिरा संघ खोल्नुपर्छ भनेर सिकाए । २०३४ सालमा काठमाडौं बहिरा संघको स्थापना भयो । संस्था दर्ता गर्न भने निकै कठिन भयो । पञ्चायतमा बहिरा तथा अपाङ्गतालाई हेयको दृष्टिले हेरिन्थ्यो

आफ्ना हक अधिकारको लागि बहिरा संघ खोल्नुपर्छ भनेर सिकाए । २०३४ सालमा काठमाडौं बहिरा संघ स्थापना भयो । संस्था दर्ता गर्न भने निकै कठिन भयो । पञ्चायतमा बहिरा तथा अपाङ्गतालाई हेयको दृष्टिले हेरिन्थ्यो ।

दर्ता नभइ रक्तदान, सचेतना सडक नाटक जस्ता सामाजिक कार्य गरेपछि राजा वीरेन्द्रले जन्मोत्सवको दिनमा भेट दिन्थे । त्यही दिन बिन्ती बिसाएपछि मात्रै दर्ता भएको थियो । २०४६ सालमा बहुदलको लागि कांग्रेस र एमालेको आन्दोलन चर्किरहेको थियो । प्रजातन्त्र आएपछि बहिरा कल्याण संघको स्थापना भयो ।

२०५२ मा आठ जिल्लाका बहिरा संघ मिलेर राष्ट्रिय बहिरा संघ स्थापना भयो । यो विश्व बहिरा महासंघमा पनि आबद्ध छ । अपाङ्गता भएकालाई समाजमा  पारिएको छ, एकजुट भएर लाग्नुपर्छ भनी संस्था स्थापना गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि युएनसीआरपीडी नेपाल सरकारले लागू गरिसकेको छ ।

राघववीर दुई कार्यकाल राष्ट्रिय बहिरा महासंघ नेपालको अध्यक्ष भए । २०६२/६३ को आन्दोलनपछि अधिकारको लागि काठमाडौं बहिरा संघको अधिवेशनमा नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरियो । संविधान सभामा आफ्नो समुदायको प्रतिनिधित्वको माग उठाए ।

तर, उक्त पार्टीले प्रतिनिधि पठाएन । नेकपा संयुक्तबाट समानुपातिक प्रतिनिधि भए । नेपालभरिका बहिरा साथीहरूले भोट गरे । पाँच सिट पाएकामध्ये उनी एक थिए । संसद्‌मा जानु संविधानमै बहिराको हक अधिकार सुनिश्चित गर्ने उद्देश्य थियो ।

नि:शुल्क शिक्षा, ब्रेललिपिको व्यवस्था, दोभाषे, स्वास्थ्य उपचार र रोजगार यीनै कुरा सुनिश्चित गर्नु थियो । अर्को, बहिराको लागि सवारी लाइसेन्स पहल गरे । अहिले पनि गरिरहेका छन् । दोभाषे राखेर उनले आफ्ना माग राखे ।

संसदमा सुरुमा सबैको दृष्टिमा परे । बहिराले संसदमा कसरी कुरा राख्छ ? भन्ने जिज्ञासा थियो । दोभाषेमार्फत कुरा राखेपछि यिनीहरु पनि सक्षम रहेछन् भन्ने भयो । तत्कालीन सभापति सुभाषचन्द नेम्बाङसँग दोभाषेको माग राखे । संसद्को सबै समयमा आफ्ना मागहरू राख्न पाए ।

संसदमा सुरुमा सबैको दृष्टिमा परे । बहिराले संसद्‌मा कसरी कुरा राख्छ ? भन्ने जिज्ञासा थियो । दोभाषेमार्फत कुरा राखेपछि यिनीहरु पनि सक्षम रहेछन् भन्ने भयो । तत्कालीन सभापति सुभाषचन्द नेम्बाङसँग दोभाषेको माग राखे । संसद्को सबै समयमा आफ्ना मागहरू राख्न पाए

सबैको कुरा थियो- बहिराहरूले हर्न सुन्न सक्दैनन्‌, कसरी सवारीसाधन चलाउँछन्‌ ? तर, सवारी सुनेर भन्दा पनि आखाँले हेरेर चलाउने हो । विश्वमा कति देशमा हर्न निषेधित छ । काठमाडौंमा पनि त्यसको अभ्यास भएको हो । सवारी साधन हर्नले होइन, संकेतले चल्ने हो । लुकिङ ग्लासमा हेरेर चलाउने हो ।

जोशीले २०३९ देखि लाइसेन्स लिएर गाडी र बाइक चलाउँदै आएका छन् । त्यतिबेला बहिराले लाइसेन्स नपाउने भन्ने थिएन । २०४९ को ऐनबाट बहिराले लाइसेन्स नपाउने व्यवस्था भएको हो । सुन्न सक्नेले पनि गाडीमा गीत, समाचार सुन्दै चलाउँछन् ।

सुन्न सक्नेहरूबाटै धेरै सवारी दुर्घटना भएको छ । बहिराको ध्यान देख्नमा हुन्छ, त्यसकारण पनि दुर्घटनाको जोखिम कम हुन्छ । चीलले आकाशबाट जनावरको आवाज सुनेर हन्ट गर्ने होइन । उसले देखेर गर्छ । गाडी चलाउनु पनि त्यस्तै हो ।

हाल ९९ देशले बहिराहरूलाई लाइसेन्स प्रदान गरेको छन्‌ । भारतमा पनि केही प्रदेश बाहेकमा सन् २०१८ बाट दिन थालिएको हो । जापान, थाइल्याण्ड, हङकङ, फिलिपिन्स लगायत देशहरूले दिएको छ । चीनमा कान सुन्ने मेसिन लगाएकाले मात्रै पाउँछन् ।

अल्पसंख्यक तथा सीमान्तकृत समुदायको समिति थियो । तर समितिले सबै कुरा समेट्न सकिदैन । संविधानमा साङ्केतिक भाषामा सञ्चार गर्न हक हुनेछ भन्ने छ । तर राष्ट्रिय भाषाको रूपमा मान्यता छैन । भाषा आयोगको प्रतिवेदनमा पहिचान छ, तर मान्यता छैन । सवारी लाइसेन्सको २०६१ सालदेखि पहल गर्न थालेका हुन्।

सर्वोच्चले २०६९ चैत २९ गते बहिरा नागरिकलाई एक वर्ष भित्र लाइसेन्स उपलब्ध गराउने निर्णय गर्‍यो । तर, भौतिक तथा यातायात मन्त्रालयले दिएन । २०७० मा सर्वोच्चको फैसला कार्यान्वयनको लागि फेरि न्याय खोज्न गए।

तर यस्ता व्यक्तिको चालक क्षमताको परीक्षण गरी तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भनियो । २०७३ असोज १८ ऐन संशोधन भएर आयो । फेरि रोकिदिए । मन्त्रालयले यातायात व्यवस्था देखाउने, विभागले सडक विभागलाई देखाउने काम भयो ।

पत्राचार गरेपछि यो मापदण्ड विश्वमै कहीँ पनि तोकिएको छैन । सडक विभागले त्यो पत्र दियो । नेपालभर सडक विभाग अन्तर्गत सडकहरू नेपाल रोड स्ट्यान्डर्ड, २०७० अनुसार डिजाइन भइरहेको सन्दर्भमा  ध्वनि सुन्न नसक्नेले सवारी चलाउन मिल्ने सडकको मापदण्ड नरहेको बतायो ।

केही उपाय नलागेपछि २०७६ मा माइतीघरमा बहिराहरूले आन्दोलन नै गरे । सरकारले केही छलफल गर्‍यो । ‘संघीय ऐन संशोधन हुँदैछ, त्यसमा हाम्रा मागहरू पनि परेका छन् । तर सरकार परिवर्तन भएसँगै कर्मचारीहरू परिवर्तन हुने हुँदा समस्या भएको छ,’ राघवले भने ।

अहिले तोकिएको मापदण्ड हटाएर निजी तथा साना मझौला गाडी चलाउन दिने भन्ने छ । बहिराहरूको माग मझौला र माइक्रोबससम्म चलाउन दिनुपर्छ भन्ने छ ।

राघव थप्छन्‌, ‘बहिराको रोजगारीको कुरा छ । उनीहरूले काम गरेर खान पाउनुपर्‍यो । धेरै बेरोजगार छन् । चालकमात्रै नभएर अन्य अफिस तथा कम्पनीमा काम गरे पनि आवतजावतको लागि सवारी चाहियो । सार्वजनिक बस जहाँ र जति बेला पनि उपलब्ध हुँदैन ।’

अरू देशहरूमा चलाइरहेका छन् । नेपालका बहिरा मात्रै कसरी अयोग्य हुन्छन् ? सडक मापदण्ड नहुँदा नदिने भन्ने सरकारको कुरा हो तर यो वैज्ञानिक छैन

अरू देशहरूमा चलाइरहेका छन् । नेपालका बहिरा मात्रै कसरी अयोग्य हुन्छन् ? सडक मापदण्ड नहुँदा नदिने भन्ने सरकारको कुरा हो तर यो वैज्ञानिक छैन । विना लाइसेन्स पनि केहीले चलाएका छन् । ट्राफिकले चेक गर्छ, अपाङ्गता परिचयपत्र देखाउने गरिन्छ । तर प्रहरीले समातेर राख्दिछन् । सवारी नै खोसेर राख्दिने समस्या भयो ।

अर्को मुख्य समस्या भनेको सडकमा दुर्घटना भएमा, बहिराको गल्ती नभए पनि लाइसेन्सको अभावको दोषी करार हुनु हो । अरूले हान्दा पनि आफैँले क्षतिपूर्ति दिनुपर्ने भयो । केही साथीले ट्रायल दिएरै पास भएर लाइसेन्स लिएकाहरू छन् । पाँच वर्षपछि नवीकरण गर्न जाँदा भएन । लाइसेन्स खोसेर राखिदिए ।

ठूलै घटनामा दोभाषेको सहयोग लिइन्छ । केही देशहरूमा ट्राफिक प्रहरीले पनि साङ्केतिक भाषा सिकेको पाइयो । तर, अहिले सञ्चार गर्न धेरै प्रविधि आइसकेको छ ।

काठमाडौंमा केही बहिराहरूले पठाओ चलाउन थालेका छन् । तर लाइसेन्स छैन । परिवार छ, काम गर्नुपर्‍यो । त्यही भएर दिउँसोमा मात्रै चलाउने गरेका छन् । स्मार्ट फोनमा मेसेजमार्फत सेवाग्राहीसँग कुराकानी हुन्छ ।

अहिले लाइसेन्स दिने सवालमा कर्मचारी सकारात्मक छन् । हरेक पटकको मन्त्रीसँग कुरा राखिरहेका छौँ । बल्ल-बल्ल एक मन्त्रीलाई बुझाएका हुन्छौँ, सरकार परिवर्तन भैदिन्छ । फेरि नयाँ मन्त्रीलाई सुरुदेखि भन्नुपर्छ, बुझाउनुपर्छ ।

काठमाडौंमा केही बहिरा साथीहरूले पठाओ चलाउन थालेका छन् । तर लाइसेन्स छैन । परिवार छ, काम गर्नुपर्‍यो । त्यही भएर दिउँसोमा मात्रै चलाउने गरेका छन्

पहिले कुराकानी गर्न, आफ्ना भावना व्यक्त गर्न घरपरिवार, स्कुल सबैतिर गाह्रो थियो । अहिले साङ्केतिक भाषाको विकास भयो र घरमा कान्छी छोरीले पनि सिकेकी छन् । त्यसले गर्दा केही सहज भएको छ । पहिले दोभाषे पनि थिएनन् । कार्यालयतिर जाँदा दोभाषे लिएर जान्छन् ।

मानव अधिकार समान रूपले पाउनुपर्छ । नसुन्नेहरू पनि मानिस हुन्, अवसर पाएको अवस्थामा सुन्नेहरूले सरह काम गर्न सक्छन् । रोजगारी, शिक्षा, स्वास्थ्य, सुचनाको पहुँचमा समानता चाहियो । नेपाल टेलिभिजनले एक बुलेटिन मात्रै दोभाषे राखेको छ । त्यसमाथि पनि निकै सानो स्क्रिनमा ! बोल्ने मान्छेको आवाज सुन्ने हो ।

उसलाई सानो स्क्रिनमा देखाउँदा पनि हुन्छ । कतिपय बहिराको आँखा पनि कमजोर हुन्छ । त्यो सानो स्क्रिनमा कसरी देख्ने ? महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा बहिरा महासंघले प्राइम टाइम टेलिभिजनमा समाचार कार्यक्रम सञ्चालन गरेको थियो । फूल स्क्रिन अर्थात एङ्कर र दोभाषे बराबर देखिनेगरी गरेका थियौँ ।

त्यो धेरै राम्रो भएको थियो, धेरै बहिराले त्यो कार्यक्रम हेर्थेँ । बहिरा श्रीमान् र श्रीमति हुँदा गर्भावस्थाको समयमा चेकअपमा जाँदा धेरै समस्या भयो । दाजुभाइको अशंवण्डामा बहिरा भाइलाई मिचिएको अर्थात् अंश कम दिएको पाइयो । बिहे गरिदिँदैनन्‌ । नगरपालिकामा धेरै माग राखेपछि काठमाडौं महानगरले दोभाषे उपलब्ध गराएको छ । २५ जनालाई रोजगार पनि दिएको छ । मन्दिर, बाटो सफा गर्ने, राम्रै तलब पाएका छन् । यसरी सबै पालिकाले बहिराको रोजगारीको लागि योजना बनाउनुपर्छ ।

बेलायतमा बहिरा डाक्टर छन् । दोभाषे राखेर उनीहरूले मेडिकल सेवा दिइरहेका छन् । अमेरिकामा पाइलट छन् । हामी भने सवारी लाइसेन्स दिन पनि हिच्किचाइरहेका छौँ । बहिराले सक्दैनन्‌ भन्ने होइन, सीप सिकाएर अघि बढाउने हो । बहिराहरूले खेलमा पनि राम्रै गरेका छन् ।

ब्यूटी कम्पिटिसनमा भाग लिएका छन् । मनोरञ्जनको लागि फिल्म हेर्ने गरेका छन् । पूरै फिल्म हेरियो भने भाव वा फिल्मको सन्देश बुझिन्छ, मैले रामायण हेर्ने गरेको छु । सब टाइटल भएमा सबै बुझिन्छ । हलिउडमा कोडा फिल्म बनेको छ । त्यसमा धेरै बहिरा कलाकारहरू छन् ।

बहिराहरूले आफैँले होटल, रेष्टुरेन्ट सञ्चालन गरेका छन् । आफैँ व्यवसायको सम्भावना खोजी गरेका छन् । वेटर, औषधी कम्पनी र उद्योगहरूमा कार्यरत छन्

बहिराहरूले आफैँले होटल, रेष्टुरेन्ट सञ्चालन गरेका छन् । आफैँ व्यवसायको सम्भावना खोजी गरेका छन् । वेटर, औषधी कम्पनी र उद्योगहरूमा कार्यरत छन् ।

राघववीरले पनि दिल्लीमा दुई वर्ष तालिम लिएर फोटो स्टुडियो खोले । व्यापार खस्कँदै गएपछि छोडेर पछि प्रिन्टिङ प्रेस खोले । प्रेस परिवारमा संयुक्त गरे । त्यसमा पनि भुक्तानी ढिला आउने, कति आउदै नआउने भएपछि छोडे । भाइले मात्रै प्रेस हेरिरहेका छन् ।

सांसद् भइसकेको मान्छेलाई मन्त्री पनि बनौँ’ भन्ने हुन्छ । उनी एसियाकै पहिलो बहिरा सांसद् हुन् । यदि मन्त्री बने भने विश्वकै पहिलो मन्त्री हुनेछन् । विश्वमा हालसम्म ९ जना मात्रै बहिरा सांसद् भएका छन् । अवसर पाएमा मन्त्रीको जिम्मेवारी निर्वाह गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा ललितपुर-२ बाट प्रत्यक्ष लडेका थिए । गठबन्धनको कारणले हार ब्यहोर्नुपर्‍यो ।

आफ्नै समुदायको हक अधिकारको लागि लड्ने । जनचेतनाको अभाव छ । बहिराहरू अपराधमा पनि संलग्न छन् । तीनकुनेमा केही मानिसहरूको हत्यासम्म भयो । उनीहरूलाई के काम सहि र के काम गतल हो भनेर सिकाउन सकिएको छैन । मानसिक परामर्श दिनुपर्छ ।
घरपरिवारले नै अपहेलना गर्दा अवसरबाट वञ्चित भएका छन् । एक्लेपना महसुस गर्छन । ५४ जिल्लामा बहिराको संस्था छन् ।

तर, परिवारले हेरचाह गरेको जस्तो अरूले गरेको हुँदैन । कति योगा ध्यानमा सहभागी गराउँदैनन् । आसन आँखा बन्द गरेर सुन्नुपर्ने हुन्छ । त्यो सम्भव भएन । केहीले जिम गर्ने गरेका छन् ।

अभिभावकले लाटालाटीलाई पढाएर के काम भन्ने स्थिति छ । लाटालाटी भन्न पाइँदैन भन्नेसम्म थाहा छैन । नपढाएर गोठालो लगाएका छन् । अभिभावकलाई चेतना जगाउने काम गर्नुपर्ने छ । अभिभावक आफैँले पनि साङ्केतिक भाषा सिक्नुपर्‍यो ।

स्वस्थ बच्चा जन्माउन गर्भावस्थादेखि नै आमाको खानपान, स्वास्थ्य जीवनशैलिमा ध्यान दिनुपर्छ । बच्चाले सुन्दैन भन्ने कुरा छिटो थाहा पाएर उपचार गर्न सकियो भने पनि सुन्न सकिने हुन्छ ।

अरू बहिरो कति सफल भएका छन्, हेर्नुपर्छ, सिक्नुपर्छ । समयमा उपचार गर्नुपर्‍यो । महासंघमा सल्लाहकारको रूपमा रहेर काम गर्दा साङ्केतिक भाषालाई राष्ट्रिय भाषामा लैजाने, शिक्षा पछि रोजगारीमा जोडिने पाउने, स्वास्थ्य सेवा, प्रहरी कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्छ । सरकारले बजेट बढाइदिनुपर्‍यो ।

राघववीरका अनुसार मधेश-पहाड भन्दा हिमाली भेगमा बहिरालाई धेरै समस्या छ । रोजगारीमा जोड्न शिक्षा चाहियो बहिराको लागि साङ्केतिक पाठ्यक्रमको विकास गर्नुपर्छ । बहिरा बच्चा नजन्मियोस् भन्नको लागि गर्भावस्थादेखि नै आमाको खानपान, स्वास्थ्य जीवनशैलिमा ध्यान दिनुपर्छ । बच्चाले सुन्दैन भन्ने कुरा छिटो थाहा पाएर उपचार गर्न सकियो भने पनि सुन्न सकिने हुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ४४ बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको