भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता « Khabarhub

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा शव फेला परेका छन् । नेपाल प्रहरीले २०८३ भदौ १७ गते बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ ।

प्रहरी केन्द्रीय कार्यालयका अनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष रहेका छन् भने ४२७ वटा शरीरका आंशिक अङ्ग रहेका छन् । जसमध्ये प्रहरीले एक हजार ११३ वटा शवको जाँच मुचुल्का तयार पारेको छ भने ५५ वटा शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । पहिचान नभएका ९११ वटा विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

त्यसैगरी, बाढीमा चार हजार ८९८ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा स्वदेशीतर्फ २,१२५ (१,४४५ पुरुष र ६८० महिला) र १,३५० जना फोनमार्फत सम्पर्कविहीन रहेका छन् । यस्तै विदेशी नागरिकतर्फ ५८३ जना (२५१ पुरुष, ३३० महिला र २ अन्य) बेपत्ता सूचीमा छन् । २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना सर्वसाधारण प्रभावित भएका छन् ।

उद्धारतर्फ हालसम्म ६,५४१ जनाको उद्धार तथा उपचार गरिएको छ, जसमा ४,०८६ पुरुष, १,९२२ महिला, ९८० विदेशी र ५३३ खुलाउन बाँकी रहेका छन् । उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा ७,९१२ जना नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ९ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका