राजकुमार राईको ‘किवाहाङ’ उपन्यासको परिचर्चा « Khabarhub

राजकुमार राईको ‘किवाहाङ’ उपन्यासको परिचर्चा


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि परिचर्चा गरिएको छ । गत असारको अन्तिमतिर विमोचित उपन्यास ‘किवाहाङ’लाई पाठकहरूले निक्कै रुचाउँदै आएपछि उपन्यासका बारेमा परिचर्चा कार्यक्रम गरिएको हो ।

यस उपन्यासका बारेमा साहित्यकारहरू गीता रेग्मी, नन्दु उप्रेती, डा. पुरन राई, राजकुमार बानियाप्रा.डा. कुमार कोइरालाले समीक्षा गरेका छन् ।

कार्यक्रममा साहित्यकार गीता रेग्मीले किवाहाङ उपन्यासको परिचर्चा गर्दै राजकुमार राईले अत्यन्त कुशल तरिकाले उपन्यास लेखेको बताइन् ।

उनले यस उपन्यासमा दोस्रो विश्वयुद्धलगत्तै पूर्वी नेपालको सङ्खुवासभादेखि हङकङ, मलेसिया, सिङ्गापुर, ब्रुनाई र युकेसम्म ब्रिटिस गोर्खाहरूले भोगेका कथाहरू रहेको स्पष्ट पारिन् । उनले गोर्खाहरूको पैसाले नेपालका दरबार बनेका र शासकहरू पालिएको तीतो सत्यलाई उपन्यासले उजागर गरेको उल्लेख गरिन्।

प्राज्ञ नन्दु उप्रेतीले आफू उपन्यासका पात्रहरूको खुसीमा हाँसेको अनि दुःखमा रोएको सुनाए । उप्रेतीले उपन्यासको सजीव प्रस्तुतिले पाठकहरूलाई राम्रोसँग प्रभाव पार्ने भन्दै उपन्यासले हङकङ, मलेसिया, ब्रुनाई, सिङ्गापुर र युकेको भ्रमण गराउने बताए ।

डा. पुरन राईले किवाहाङ उपन्यासमा नेपाल, हङकङ, मलेसिया, सिङ्गापुर, ब्रुनाई र युकेका सांस्कृतिक कुरालाई समेटिएको उल्लेख गर्दै  त्यतिबेला गाउँ लाहुरेको तलबमा निर्भर हुन्थ्यो भने अहिले देश नै वैदेशिक रोजगारीबाट आएको रेमिटेन्समा निर्भर भएको यथार्थ प्रस्तुत गरे । यस उपन्यासले गोर्खा लाहुरेहरूको मनोविज्ञानलाई सूक्ष्म तरिकाले व्यक्त गरेको उनको विश्लेषण छ ।

परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै राजकुमार बानियाले राजकुमार राईबाट बडो आँट र मेहनतका साथ किवाहाङ उपन्यास लेखिएको बताए । उनले उपन्यास पढ्दा गाउँ नै रित्तिएर लाहुरे बनेको आफ्नो स्कूले जीवनको स्मरण भएको कुरा बताए । उपन्यासले दोस्रो विश्वयुद्धपछिको गोर्खाहरूको इतिहासका बारेमा पनि प्रशस्तै ज्ञान दिएको उनको समीक्षा थियो ।

प्रा.डा. कुमार कोइरालाले गोर्खाहरूप्रति नेपाली समाजको नकारात्मक भाष्यको विरुद्धमा राजकुमार राईबाट यो उपन्यास लेखिएको तर्क गरे । उनले गोर्खा पल्टन बहुविश्वविद्यालय हो भन्ने कुरा पनि प्रस्ट्याएको बताए । कोइरालाले नेपाली शासकहरूले गोर्खाहरूप्रति गरेको अन्यायका बारेमा पनि उपन्यासले आवाज उठाएको धारणा राखे। यस उपन्यासले किरात संस्कृति र आञ्चलिकतालाई बडो सुन्दर तरिकाले प्रस्तुत गरेको उनले दाबी गरे ।

उपन्यासकार राजकुमार राईले आफूले किवाहाङ उपन्यास लेख्नुका कारणहरूबारे प्रस्ट्याएका थिए । उनले भने, ‘गोर्खाहरूको इतिहास सही तरिकाले लेखिएको छैन । सम्बन्धित गोर्खाहरूले भन्दै आएका तथ्य र लिखित इतिहासमा समानता छैन । मैले उपन्यासमा गोर्खाहरूको सत्य कुराहरूलाई समावेश गराउने प्रयत्न गरेको छु । आगामी उपन्यासमा पनि सही कुराहरूका बारेमा कलम चलाउने छु ।’

उनले किरात संस्कृति लाहुरे संस्कृति विश्वमा नेपाल र नेपालीको पहिचान परिचित गोर्खाहरू हुन् । उनीहरूले दुइवटा विश्वयुद्धको क्षतिपूर्ति नपाएको बारे नेपाल मौन बसेकाले पनि उपन्यास मार्फ़त साे कुरा उठाउन खोजेको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ०५ बजे

टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 

काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको

किएभमाथि पुनः रुसी आक्रमण

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

काठमाडौं– औषधि व्यवस्था विभागले प्रदेश स्तरमा सञ्चालन हुने फार्मेसी (औषधि)

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६