विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण | Khabarhub Khabarhub

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्ररउपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् । 

कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण गर्दा रुख काट्ने मात्र होइन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमा वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो । 

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षारोपण कार्यको सुरुवात गरे । 

विद्युत् नियम आयोगका अध्यक्ष रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतनबहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  र कर्मचारीले बिरुवा रोपे । 

अम्बा, आँप, सुन्तला, हलुवावेद, बेलपत्रलगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा मन्त्री खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षति कम गर्नका लागि वृक्षारोपण महत्वपूर्ण कार्यक्रम भएको बताए। 

सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत् निर्माणमा हाल बेहोरिहेका बाधाअवरोध हटाउन कानुन संशोधनलगायत काम गर्न क्रियाशील रहने बताए ।  

कार्यकारी निर्देशक घिसिङले जलविद्युत् र प्रसारण लाइन आयोजना निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रूख कटाउन गरिने त्यसको क्षतिपूर्तिबापत र रूख काट्ने मात्र होइन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैँले पनि वृक्षारोपण सुरु गरेको बताए।

 घिसिङले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशमा निर्यात गर्न सफलता मिलिरहेको बताए। 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ३७ बजे

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले