फिल्म ‘कल्ली’मा पल र बेनिशाको सहकार्य, नयाँ वर्षमा प्रदर्शन « Khabarhub

फिल्म ‘कल्ली’मा पल र बेनिशाको सहकार्य, नयाँ वर्षमा प्रदर्शन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नायक पल शाह र नायिका बेनिशा हमालको शीर्ष भूमिकामा फिल्म ‘कल्ली’ बन्ने भएको छ । निर्माण पक्षले मंगलबार तीन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । 

सार्वजनिक पलको एकल पोस्टरमा उनलाई ‘एङ्ग्री लुक्स’मा देख्न सकिन्छ । उनले बन्दुक समाएका छन्, पृष्ठभूमिमा युद्ध मैदान देख्न सकिन्छ ।

त्यस्तै, बेनिशा रातो साडीमा देखिएकी छन् । उनका हातमा रगत लत्पतिएको छ भने पृष्ठभूमीमा कालीको ठूलो मूर्ति देख्न सकिन्छ । उनको चरित्र रहस्यमय छ । 

निर्माण पक्षका अनुसार पोस्टरमा उनीहरूलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । यससँगै पल र बेनिशाले पहिलो पटक फिचर फिल्ममा सहकार्य गर्ने पक्का भएको छ । 

निर्देशक लक्ष्मण सुनार तिहारपछि छायांकनमा निस्कने तयारीमा छन् । यसको कथा उनी आफैँले लेखेका हुन् । पटकथा संवादमा भने उनलाई महेश दवाडीले सहयोग गरेका छन् । 

रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको सहकार्यमा बन्न लागेको यस फिल्मका प्रस्तुतीकर्ता किरण नेपाली हुन् । फिल्मको प्रदर्शन मिति चैत २९ गते नयाँ वर्षलाई तोकिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : १६ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य