माओवादीको निष्कर्ष- गठबन्धनले पार्टी बिग्रियो, आगामी निर्वाचन एक्लै लड्ने « Khabarhub

माओवादीको निष्कर्ष- गठबन्धनले पार्टी बिग्रियो, आगामी निर्वाचन एक्लै लड्ने

उपाध्यक्ष सापकोटाले भने- पार्टी पुनर्जागरण अभियान लिएर गाउँ जान्छौँ


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएको बताए ।

त्यहीकारण अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी सापकोटाले दिएका छन् ।

पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी सापकोटाले दिए ।

त्यसपछि बस्ने केन्द्रीय कमिटीले पुनर्जागरण अभियानको खाकालाई अन्तिम रुप दिने उनले बताएका छन् ।

गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्‍याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी सापकोटाले दिए ।

बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले बताए ।

त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिको मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : ०२ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले