माओवादीको निष्कर्ष- गठबन्धनले पार्टी बिग्रियो, आगामी निर्वाचन एक्लै लड्ने « Khabarhub

माओवादीको निष्कर्ष- गठबन्धनले पार्टी बिग्रियो, आगामी निर्वाचन एक्लै लड्ने

उपाध्यक्ष सापकोटाले भने- पार्टी पुनर्जागरण अभियान लिएर गाउँ जान्छौँ


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएको बताए ।

त्यहीकारण अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी सापकोटाले दिएका छन् ।

पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी सापकोटाले दिए ।

त्यसपछि बस्ने केन्द्रीय कमिटीले पुनर्जागरण अभियानको खाकालाई अन्तिम रुप दिने उनले बताएका छन् ।

गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्‍याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी सापकोटाले दिए ।

बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले बताए ।

त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिको मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : ०२ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन