पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु « Khabarhub

पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। 

विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सी अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ ।

त्यसैगरी ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विस्फोट भएको थियो। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । 

माओवादीको द्वन्दकालमा यो घर सेल्टरको रुपमा प्रयोग भएकोले त्यति बेलाकै ग्रिनेड हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ०४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर