भ्रष्टाचारको हदम्याद हटेपछि रविको प्रतिक्रिया- जनस्तरबाट भएको खबरदारीले काम गर्‍यो « Khabarhub

भ्रष्टाचारको हदम्याद हटेपछि रविको प्रतिक्रिया- जनस्तरबाट भएको खबरदारीले काम गर्‍यो


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन्।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषय अघि बढाउन खोज्दा जनस्तरबाट विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताए ।

उनले हदम्यादविरुद्ध जनताले उठाएका विषयलाई आफूहरूले सदनमार्फत ध्यानाकर्षण गराएको जिकिर गरे ।

ऐनमा स्पष्ट भएका विषयलाई मन्त्रिपरिषद्‍बाट पारित गराई हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उनले बताए।

यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने लामिछानेको जिकिर छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले विधेयकमाथिको अन्य नीतिगत कुरामा पनि रास्वपाले निरन्तर खबरदारी गरिरहने बताएका छन् ।

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : २७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि