सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन « Khabarhub

सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन्  ।

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रूपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरू नै अस्थिरताको प्रमुख कारक भएको बताएका हुन्  ।

उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे ।

लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुक माथि उठ्न नसकेको बताए ।

अव पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआउने हो भने देश दीर्घकालीन निराशाको खाडलमा जाने र जस्तोसुकै अराजकता उत्पन्न हुने उनको भनाइ छ ।

उनले अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा जोड दिए । लिङ्देनले अहिलेको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठिक ढंगले आफूलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

राप्रपा पनि निष्क्रिय भए देशका लागि दुर्भाग्य हुने उनले बताए । उनले सदनमा राप्रपाले ठिक ढंगले आफ्नो काम गरिरहेको जिकिर गरे ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ५२ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज