कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता « Khabarhub

कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्।

महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् ।

उनले भने, ‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु। सानेपामा दर्ता पत्रमा पार्टी सभापति र पदाधिकारीको नाम उल्लेख छ ।’

उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमा प्रयोग प्रतिबद्धता जनाए। ‘मुलुकको विद्यमान शिक्षा प्रणालीका सन्दर्भमा गम्भीर समीक्षा तथा पुनरावलोकन आवश्यक छ। त्यसका लागि पार्टीको आधिकारिक धारणाको अपेक्षा गर्दछु,’ उनले भने ।

संघीयताको मर्म अनुरूप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरूपको मानव संशोधन विकास गर्ने नयाँ शिक्षा नीति आजको आवश्यकता रहेको उनले औँल्याए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : ०३ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको