कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता « Khabarhub

कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्।

महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् ।

उनले भने, ‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु। सानेपामा दर्ता पत्रमा पार्टी सभापति र पदाधिकारीको नाम उल्लेख छ ।’

उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमा प्रयोग प्रतिबद्धता जनाए। ‘मुलुकको विद्यमान शिक्षा प्रणालीका सन्दर्भमा गम्भीर समीक्षा तथा पुनरावलोकन आवश्यक छ। त्यसका लागि पार्टीको आधिकारिक धारणाको अपेक्षा गर्दछु,’ उनले भने ।

संघीयताको मर्म अनुरूप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरूपको मानव संशोधन विकास गर्ने नयाँ शिक्षा नीति आजको आवश्यकता रहेको उनले औँल्याए ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ३ : ०३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम