समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गरौँ : सभापति देउवा  « Khabarhub

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गरौँ : सभापति देउवा 


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन गर्दै सभापति देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे । सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए । संविधानमा केही कमीकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रूपमा पास भई राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।

देउवाले अहिलेको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्त्वपूर्ण विषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए  ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : १९ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट