सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन्छ : सभापति देउवा « Khabarhub

सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन्छ : सभापति देउवा


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक लोकापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका हुन् ।

देउवाले अहिलेको संविधान समावेशीसहितको रहेको बताएका छन् ।

‘आवश्यक परे सबैले ठान्यो भने संशोधन हुनसक्छ । अहिले वास्तवमा धेरै राम्रो र महत्त्वपूर्ण काम भएको छ, यो संविधान समावेशी छ,’ उनले भने ।

देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्ने पनि बताएका छन् ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउन जरुरी रहेको बताए । देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

संविधानमा कमजोरी भए सुधार्न सकिने उनको भनाइ छ । संक्रमणकालीन न्यायका बिषयलाई सर्वसम्मत पास गरेर राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास देउवाले व्यक्त गरे ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ७ : ५९ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र