तनावपूर्ण खेलमा रियल र एट्लेटिको म्याड्रिडको बराबरी « Khabarhub

तनावपूर्ण खेलमा रियल र एट्लेटिको म्याड्रिडको बराबरी


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडको खेल रोचक बनेको छ।

अतिरिक्त समयमा एन्जल कोरेराले गरेको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडसँगको स्पेनिस ला लिगाको खेलमा १-१ को बराबरी गरेको हो।

रियलले घरेलु भूमिमा भएको खेलको ६४ औं मिनेटमा एइडर मिलिटाओसको गोलको अग्रता लिएको थियो।

भ्रमणकारी टोलीका गोलरक्षक थिबाउट कोरटियसले घरेलु दर्शकले पोस्टको पछाडिबाट केही प्रहार गरेको भन्दै रेफ्रीसँग अपिल गरेपछि यसले खेलमा विवाद निम्त्याएको थियो।

कोरेराले गरेको गोल पनि सुरुमा रेफ्रीले अमान्य घोषित गरेका थिए। तर भिएआरको आधारमा सो गोललाई पछि रेफ्रीले मान्यता दिएका थिए।

स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा सेल्टा भिगो र गिरोना तथा एटलेटिको क्लब र गिरोनाबिचको खेलमा १-१ गोलको बराबरी भएको छ।

यसैगरी रियल बेटिसले इस्पानियोलाई १-० ले हरायो। तालिकामा बार्सिलोना ८ खेलमा २१ अङ्कसहित शीर्ष स्थानमा  छ। रियल म्याड्रिडको १८ अङ्क छ। एट्लेटिको म्याड्रिड १६ अङ्कसहित तेस्रो स्थानमा छ भने एथलेटिको क्लब १४ अङ्कसहित चौथो स्थानमा छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र