नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू) « Khabarhub

नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार शनिबार काठमाडौं उपत्यकामा बागमतीसहितका नदीले विनाश र विपद्को ठूलो चोट दिएर गए ।

उर्लिएर अहिलेसम्मकै विशाल स्वरुपमा आएका बागमती, विष्णुमती, हनुमन्ते, बल्खु र मनोहरासहितका खोलाले गरेको क्षतिको यकीन विवरण आइसकेको छैन ।
धनजनको ठूलो क्षति गर्ने क्रममा बाढीले नदी किनारका बस्तीबारे पनि प्रश्न उठाइदिएको छ ।

बाढीले नदी किनारका सुकुम्बासी बस्तीलाई लिएर राजनीतिक एक पटक फेरि ध्रुवीकरण चुल्याएको छ ।

बाढीले उपत्यकाबासीको दैनिकी र सर्वोच्च अदालतले थप २० मिटर छाड्नुपर्ने गरी दिएको फैसलालाई पनि बहसमा ल्याएको छ ।

यिनै नदीमा आइतबार र सोमबार बहाव कम भएको छ । बागमतीले बाढीका क्रममा आफूमा समाहित गरेका फोहोर अहिले हाम्रो असभ्य र प्रकृतिविरोधी व्यवहारको ऐना बनाएर छोडिदिएको छ ।

अहिले खोला किनारमा बनेका करिडोर र पार्कमा प्लास्टिकहरू यत्रतत्र अड्किएका छन् । कतिपय प्लास्टिकले रुख र विरुवा छोपेका छन् ।

सप्तकोशीले प्लास्टिकका बोतलहरू बाँधमा ल्याएर थुपारिदिए जस्तै उपत्यका खोला किनारमा प्लास्टिकको थुप्रो यत्रतत्र गिज्याएर बसेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : १५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको