नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू)

By खबरहब

September 30, 2024

काठमाडौं- यही शुक्रबार शनिबार काठमाडौं उपत्यकामा बागमतीसहितका नदीले विनाश र विपद्को ठूलो चोट दिएर गए ।

उर्लिएर अहिलेसम्मकै विशाल स्वरुपमा आएका बागमती, विष्णुमती, हनुमन्ते, बल्खु र मनोहरासहितका खोलाले गरेको क्षतिको यकीन विवरण आइसकेको छैन । धनजनको ठूलो क्षति गर्ने क्रममा बाढीले नदी किनारका बस्तीबारे पनि प्रश्न उठाइदिएको छ ।

बाढीले नदी किनारका सुकुम्बासी बस्तीलाई लिएर राजनीतिक एक पटक फेरि ध्रुवीकरण चुल्याएको छ ।

बाढीले उपत्यकाबासीको दैनिकी र सर्वोच्च अदालतले थप २० मिटर छाड्नुपर्ने गरी दिएको फैसलालाई पनि बहसमा ल्याएको छ ।

यिनै नदीमा आइतबार र सोमबार बहाव कम भएको छ । बागमतीले बाढीका क्रममा आफूमा समाहित गरेका फोहोर अहिले हाम्रो असभ्य र प्रकृतिविरोधी व्यवहारको ऐना बनाएर छोडिदिएको छ ।

अहिले खोला किनारमा बनेका करिडोर र पार्कमा प्लास्टिकहरू यत्रतत्र अड्किएका छन् । कतिपय प्लास्टिकले रुख र विरुवा छोपेका छन् ।

सप्तकोशीले प्लास्टिकका बोतलहरू बाँधमा ल्याएर थुपारिदिए जस्तै उपत्यका खोला किनारमा प्लास्टिकको थुप्रो यत्रतत्र गिज्याएर बसेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी