बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने | Khabarhub Khabarhub

बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने

दशैँअघि एकतर्फी यातायात सञ्चालन गर्ने तयारी



काठमाडौं बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ ।

लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डेरोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ ।

उक्त राजमार्गका विभिन्न ठाउँको पहिरो हटाउने र भाँसिएको सडकखण्डमा वैकल्पिक रुपमा यातायात सञ्चालन गराउन पहल भइरहेको सडक विभागले जनाएको छ । यद्यपि, भाँसिएको र भत्केको सडकको खण्डको पुनः निर्माण गर्न भने केही महिना लाग्ने देखिएको हो ।

दशैँअघि बीपी राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्ने गरी भाँसिएको ठाउँबाट सडक डाइभर्सन गरी वैकल्पिक रुपमा यातायात खुलाउने विभागको योजना छ ।  

सडक विभागका अनुसार, राजमार्गको नेपालथोक–भकुण्डे खण्डमा ५० मिटरभन्दा बढी सडक भाँसिएकाले तत्काल अवरुद्ध सडक खुलाउन सकिने अवस्था नरहेको सडक डिभिजन खाल्टेका सूचना अधिकारी इन्जिनियर प्रदीप तामाङले जानकारी दिए । उनका अनुसार, बीपी राजमार्ग दुईतर्फी रुपमा यातायात सुचारु हुन केही दिन लाग्नेछ ।

‘नेपालथोक क्षेत्रमा सडक भासिएको छ । करिब ५० मिटर भासिएको सडक खुलाउन प्रयास गरिरहेका छौं,’ उनले भने, ‘त्यस सडकलाई डाइभर्सन गराएर एकतर्फी यातायात सुचारु गर्न खोजिरहेका छौं ।’ उनका अनुसार, भाँसिएको सडकलाई कटिङ र फिलिङ गरेर पहिलेकै अवस्थामै यातायात सुचारु गर्न खोजिएको छ ।

तर, दशैँअघि बीपी राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन भने चुनौती रहेको उनको भनाइ छ । उनका अनुसार, नेपालथोक–भकुन्डे खण्डमा मात्र होइन, रोशी गाउँपालिकाअन्र्तगतको बर्खे खोलाको कटानले सडक भाँसिएको छ ।

उनका अनुसार, रोशी गाउँपालिकामा बर्खे खोलाले सडक कटान गर्दा त्यसखण्डको करिब एक किलोमिटर सडक भाँसिएको हो । अवरुद्ध उक्त सडक खुलाउन विभिन्न मेसिन र उपकरण प्रयोग गरिएको छ ।

त्यसबाहेक सडकखण्डका अन्य विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरो हटाउने र कालोपत्रे सडक पुर्ने काम भइरहेको छ । भाँसिएको सडक खण्डमा डाइभर्सन गरी वैकल्पिक रुपमा यातायात सुचारु गर्न पहल भइरहेको सडक डिभिजन भक्तपुरका सूचना अधिकारी सुमनराज बस्नेतले खबरहबलाई जानकारी दिए ।

भाँसिएको सडक पूर्ण रुपमा सुचारु गर्न अझै तीन महिना लाग्ने उनको भनाइ छ । ‘बीपी राजमार्ग पहिलेकै अवस्थामा पूर्ण सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिन्छ,’ उनले भने, ‘भीषण बाढीले सडक कटान गरी सडक नै बगाएको छ ।’

पूर्ण सुचारु गर्न डेढ अर्ब लाग्ने

बीपी राजमार्गमा पहिरो र बाढीका कारण सडक नै भाँसिएकाले पहिले जस्तै पूर्ण सञ्चालनमा ल्याउन केही महिना लाग्ने देखिएको छ । सरकारले भाँसिएको ठाउँको सडक निर्माणका लागि ठूलो बजेट विनियोजन गर्नुपर्ने अवस्था देखिएको छ ।

रोशी गाउँपालिकास्थित बर्खे खोलाको कटानले भाँसिएको सडक पुनः निर्माण गर्न र अन्य खण्डको अवरोध हटाउन डेढ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने तामाङले बताए ।

‘भाँसिएको सडक पुनःनिर्माण गर्न ३-४ महिना नै लाग्न सक्छ,’ उनले भने, ‘त्यस्तै, ठूलो क्षति भएकाले सडक पहिलेकै अवस्थामा सुचारु गर्न डेढ अर्ब जति बजेट नै लाग्ने अनुमान छ ।’ 

रोशी गाउँपालिकामा गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण त्यस क्षेत्रको मानव वस्तीमा समेत क्षति पुर्याएको थियो । बर्खे खोलाको कटानले भाँसिएको सडकबाहेक नेपालथोकखण्डको सडक पुनः निर्माणका लागि थप बजेट आवश्यक पर्ने सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३० बजे

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक 

काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर

भारतीय वीरंगनालाई जंगबहादुरले लगाएको त्यो गुन

काठमाडौं– नेपाली शासकले दुःख दिँदा होस् कि देश निकाला गर्दा

राष्ट्रियसभा : विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र

नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन 

काठमाडौं– सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौं– गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा