अर्थसंक्षेप : बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने, नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो  | Khabarhub Khabarhub

अर्थसंक्षेप : बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने, नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो 


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ । यस्तै,कोशी प्रदेश सरकारले सहकारी संस्थामा प्रयोग हुने एप्लिकेशन सफ्ट्वेयर खरिदबिक्रीमा संस्थागत सेटिङ गरेको देखिएको छ ।

प्रमुख आर्थिक समाचार :

बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने

बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ ।

लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक-भकुण्डे र रोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ ।

उक्त राजमार्गका विभिन्न ठाउँको पहिरो हटाउने र भाँसिएको सडकखण्डमा वैकल्पिक रुपमा यातायात सञ्चालन गराउन पहल भइरहेको सडक विभागले जनाएको छ । यद्यपि, भाँसिएको र भत्केको सडकको खण्डको पुनः निर्माण गर्न भने केही महिना लाग्ने देखिएको हो ।

कोशीका सहकारीमा एप्लिकेशन सफ्टवेयर भिडाउन संस्थागत सेटिङ !

कोशी प्रदेश सरकारले सहकारी संस्थामा प्रयोग हुने एप्लिकेशन सफ्ट्वेयर खरिदबिक्रीमा संस्थागत सेटिङ गरेको देखिएको छ ।

केही निजी कम्पनीसँगको मिलेमतोमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशमार्फत यस्तो भइरहेको खुलेको हो ।

कार्यालयले फेसबुक पेजबाट आइतबार (असोज १३ गते) मध्याह्न ११ः५६ मा सहकारीको एप्लिकेशन सफ्ट्वेयर सूचीकरण गर्न आउने भन्दै एक ‘अन्त्यन्त जरुरी सूचना’ जारी गरेको थियो ।

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीमा थप क्षति हुनबाट रोक्नका आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ ।

सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पूर्ण मर्मत गरी हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ ।

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए।

अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ । चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दसैँका लागि २० लाखको सामान राखेकोमा बाढीले सबै नष्ट गरेको बताए ।

श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि

सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले सोमबार जनाएको छ ।

श्रीलंका भन्सारको तथ्यांक उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा

लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ ।

विद्युत् खम्बा ढल्दा तनहुँका दुई पालिका अन्धकारमा

गत बिहीबार रातिदेखि परेको वर्षाका कारण तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरी अन्धकारमा परेका छन् ।

वर्षासँगै आएको हावाहुरी र पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो ।

मधेसमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दुई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् ।

बाढीले बगाउँदा दुई जना बेपत्ता छन् भने आठ जना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले  जानकारी दिए। बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेसका आठ जिल्लामा बाढीबाट रु ५६ लाखको क्षति भएको छ ।

सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो 

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से बढेको भएपनि कारोबार भने घटेको छ । आइतबार २२ अंकले घटेको बजार आज नेप्से ४४.४५ अंकले बढेको छ । सोमबार नेप्से १.८० प्रतिशतले बढेर २५०८.८६ विन्दुमा पुगेको छ ।

तर, कारोबार भने ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको मात्र भएको छ । उक्त कारोबार नेप्से ३ हजार विन्दु पुगेयताकै न्यून हो । आइतबार ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : २४ बजे

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज नागरिक सुरक्षा,

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्, म बाँच्न सफल भएँ’

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका

एभरेस्ट महिला भलिबल : ललितपुर क्वीन्सको विजयी सुरुवता

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला

जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

जनकपुर – जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं – चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल