समाचार

बार अध्यक्षले भने- न्यायपरिषद्लाई खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो

By खबरहब

September 30, 2024

काठमाडौं- नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन् ।

सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा अवहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले बताए ।

आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने उनले बताएका छन् । उनले न्यायपालिका शुद्ध नभएसम्म बारको न्यायिक लडाइँ जारी रहने बताएका छन् ।