एभरेस्ट महिला भलिबल : ललितपुर क्वीन्सको विजयी सुरुवता | Khabarhub Khabarhub

एभरेस्ट महिला भलिबल : ललितपुर क्वीन्सको विजयी सुरुवता


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा ललितपुर क्वीन्सले काठमाडौँ स्पाइकर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौं ३–१ को सेटमा पराजित गरेको हो । खेलमा पहिलो सेट ललितपुरले काठमाडौँमाथि २५–२० ले जित्यो ।

खेलको दोस्रो सेट भने काठमाडौँले आफ्नो पक्षमा पायो । काठमाडौँले ललितपुरमाथि २५–२१ को जित निकाल्यो । त्यसपछिको खेलमा ललितपुर नै विजयी भयो । ललितपुरले खेलको तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पारेका थियो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ ।

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल यही असोज १९ गते हुनेछ । उक्त प्रतियोगिताका लागि टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार पाँच सय र साधारणतर्फ रु एक हजार निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ३६ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ